नेपाल महिला संघ कामपा ७ को तालिम सम्पन्न

नेपाल महिला संघ कामपा ७ को तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौ,असोज ९ ।

नेपाली काँग्रेसको भात्री संस्था नेपाल महिला संघ, काठमाडौँ महानगरपालिका वडा नं ७ ले प्रादेशिक एवं संघिय निर्वाचनमा महिला सहभागिता सुनिश्चितता बिषयक प्रशिक्षण एवं वडा  भेला सम्पन्न गरेको छ ।

कार्यक्रमको सभाध्यक्षता नेपाल  महिला संघ कामपा ७ की सभापति सुमन बस्नेतले गरेकी थिईन  भने   उत्तमराज थापा र रबिन्द्रनाथ भट्टराईले प्रशिक्षण प्रदान गरेका थिए।

सो  कार्यक्रममा क्षेत्रीय सभापति राजु श्रेष्ठ, महासमिति सदस्य कर्मा छिरिंग शेर्पा, नरोत्तम बैद्य, अनार बस्नेत, राधा घले, महिला संघ काठमाडौँकी सभापति बिष्णु देवी पुडासैनी, क्षेत्र नं ४ महिला संघ सभापति कमला शर्मा लगायतको उपस्थिती रहेको थियो ।

२०० जना महिलाहरुको सहभागिता रहेको प्रशिक्षण एवं वडा भेला कार्यक्रमको संचालन जिल्ला सदस्य नर्बदा पोख्रेलले गरेकी थिइन ।

फोटो सौजन्य : प्रवेस लामिछाने

तपाइँको प्रतिक्रिया ।