कृषिलाई आम्दानी हुने पेशा बनाउदै साँफेबगरका सरोकारवाला
कपन अनलाइन
अछाम, असोज ८/एकेन्द्र महता
कृषिलाई आम्दानी हुने पेशा बनाउन नितिगत योजनाका साथ अघि बढ्ने एक कार्यक्रमका सरोकारवालाले प्रतिबद्धता जनाएका छन । ब्यावसायीक रुपमा कृषि पेशालाई अगाडी बढाउन योजनाका साथ अघि बढ्ने साफेबगर नगरपालिका क्षेत्रका सरोकारवालाले प्रतिबद्धता जनाएका हुुन ।
संघिय प्रणाली अन्र्तगत निर्वाहमुुखी कृषिलाई कसरी मनग्य आम्दानी हुने पेशा बनाउन सकिएला भन्ने बिषयमा गरेको कार्यक्रममा बोल्दै साफेबगर नगरपालिकाका प्रमुुख कुल बहादुर कुवरले कृषि पेशामा युुवालाई आकर्षण गर्न बिशेष योजना यो बर्ष आफुुले अघि सारेको बताउनुु भयो । युवा समुुहलाई कृषिमै ब्यावसायिक बनाई थुुप्रै तालिम गरिने बताए ।
साफेबगर क्षेत्रमा कृषिको आधुनिकीकरण संगै पर्यटनको ब्यावसायिकता बढाउनका लागि ठोस योजना अघि सारिएको बताउनु भयो । यो आर्थिक बर्षमै साफेबगरमा तरकारी र फलफुलको ठुुुलो सँकलन केन्द्र बनाई कुनै पनि तरकारी तथा फलफुल खेर नजाओस भनेर शित गृहको ब्यवस्था हुुने बताउनुु भयो । कार्यक्रममा बोल्दै जिल्ला कृषि बिकास कार्यालय अछामका प्राविधीक सहायक रामसिह बोहराले कृषकलाई ब्यावसायिक बनाउनका लागि आफनो कार्यालयले स्थलत, क्षेत्रिय गत तथा केन्द्रीय गत तालिम किसानलाई बर्षेनि दिदै आएको बताए । अब सकै किसान पुरानो भन्दा नयाँ आधुनिक कृषि सेवा प्रणालीतिर अघि बढनुु पर्ने बताएका थिए ।
आवश्यक तरकारी, अन्नबाली, फलफुुलको बिउ जिल्ला कृषि बिकास कार्यालयमा सिमिती मात्रामा उपलब्ध हुुने भएकाले सबै किसानलाई पुरयाउन नसकिएको स्विकार गर्नु भएको थियो । साफेबगर नगरपालिका वडा नम्बर २ का अगुुवा कृषक सुरत भुुलले अगुुवा कृषक भएता पनी सम्बन्धीत निकायले अझै पहल गर्न नसकेको बताउनुु भयो । विगत ४ वर्षदेखि ब्यावसायिक रुपमा बाख्रापालन अग्रसर भएका भुुलले किसानका लागि कृषि कार्यालय तथा कृषि बिकास बिकास बैँकले ठोस योजना तथा निति ल्याउनुपर्ने माग गरेका थिए ।
कार्यक्रममा बोल्दै कृषि बिकास बैँक शाखा कार्यालय साफेबगरका लेखापाल हरि प्रसाद जोशिले कृषकलाई उद्यमशिलता र बिकासशिलतामा अघि बढाउनका लागि नियमित कर्जा प्रवाह गर्दै आएकाले यसको सही सदुपयोग हुुनुु पर्ने बताउनुु भयो ।
बैँकको ३० प्रतिशत भन्दा बढी कृषककै क्षेत्रमा लगानि गरिने भएकाले आवश्यक कर्जाका लागि सहयोग माग्न समेत कृषकलाई आग्रह गरेका थिए । कार्यक्रममा सहभागि नवाठाना, बैजनाथ, जाल्पादेवि क्षेत्रका अगुुवा कृषकले आफुले उत्पादन गरेको तरकारीले उचित मुल्य नपाएका गुुनासो गरेका थिए । समयमै विउ विजन, मल लगाएतका सामाग्री पाउन नसकेकाले आफुुलाई समस्या भएको बताएका थिए । आगामि दिनमा नगरपालिकाले योजनाका साथ अघि बढेमा जिल्लालाई नै पुुग्ने गरि तरकारी उत्पादन गर्न सकीने प्रतिबद्धता जनाएका थिए ।