फ्रेन्डशिप युवा क्लवमा संचालित सामुदायिक क्लिनिकले स्थानीयलाई झुक्यायो

फ्रेन्डशिप युवा क्लवमा संचालित सामुदायिक क्लिनिकले स्थानीयलाई झुक्यायो

कपन अनलाइन 

काठमाडौ,असोज ५ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० स्थित फ्रेन्डशिप युवा क्लवमा संचालन भैरहेको सामुदायिक क्लिनिकले खोप लिन आउने सेवाग्राहीलाई झुक्याएको छ ।विभिन्न दात्री निकाय र नेअप्ल सरकारको सहयोगमा संचलित यो क्लिनिक ले खोप र परिवार नियोजनको परामर्श लगायतका सेवा दिदै आएको छ ।

हरेक महिनाको ५ गते खोप लगाउने भनिएको उक्त क्लिनिकमा आज ५ गते आएका धेरै सेवाग्राहीहरु सेवा लिन नपाइ फर्किएका छन । आफ्ना वालवालिकालाई  खोप लगाउन आएका अविभावकहरु विना पुर्व सूचना उक्त स्वास्थ्य कार्यालय बन्द हुदा आक्रोसित बन्दै फर्किएका छन ।

खोप लगाउन नपाएर फर्किन लागेका वालवालिका र तिनका अभिभावक

यस संस्थामा गत महिना पनि ५ गते सेवा लिन आएका अभिभावक बुवाको मुख हेर्ने दिनको विदा भनेर उक्त स्वास्थ्य कार्यालय बन्द हुदा फर्कनु परेको एक स्थानीयले बताए ।बिना पुर्व सूचना यसरि कार्यालय बन्द गर्दा खोपका लागि आउने वालवालिका र अभिभावकहरुलाई समस्या परेको त्यहा खोप सेवा लिन आएका एक व्यक्तिले कपन अनलाइन लाई बताए ।

तपाइँको प्रतिक्रिया ।