गणेशमान सिंहलाई सम्झदा

गणेशमान सिंहलाई सम्झदा

कपन अनलाइन

काठमाडौ,असोज २ ।

आज गणेशमान सिंहको २० औ स्मृति दिवस मनाइदै छ । राजनीतिक इतिहासका विरलै पाइने पात्रहरु मध्येका एक हुन् सिंह जसले पद भन्दा रास्ट्र विकासको र राजनीतिक निकासको पहलकदमीलाई प्राथमिकता दिए । आन्दोलनको  नेतृत्व गरिरहदा आफ्नो पार्टी मात्र हैन समग्र  रास्ट्रको नेतृत्व गर्दै  प्रजातन्त्रको स्थापना गर्न योगदान दिएका छन ।

वि.सं. १९७२ शालमा जन्मेका गणेशमान सिंह नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रको जुझारु योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर थिए। काठमाडौंको खानदानी परिवारमा जन्मेका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद  सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए।

भद्रगोल जेल फोरी भागेका तन्नेरी गणेशमान प्रबास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा स्थापित  भैसकेका थिए। भारतमा अर्का नेता  बिपी कोइरालासँग राजनीतिक सम्बन्ध स्थापित भएपछी उनि  २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिएका सिंह नेपाली राजनीतिमा सधै चम्किलो नक्षत्रको रुपमा रहेका छन ।

२००७ सालको क्रान्तिमा उनले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए। संर्घषका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुर्नबहाली लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला र्समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहेका थिए ।

२०१५ शालको पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर काराबासको सजाय  भोगे। त्यसपछि पुनः प्रबासमा राजनीतिक संगठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्टिूय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका बिरूध्द सक्रिय रहेका थिए ।

विपी कोइरालाको अवसान पछी कांग्रेसलाई निरन्तर दरिलो नेतृत्व प्रदान गरेका सिंहले नेपालमा प्रजातन्त्र स्थापना गर्न पुर्याएको योगदान उनको पार्टी मात्र हैन समग्र देशले नै आत्मसाथ गरेको छ।

यहि कारणले तत्कालिन वाम मोर्चाले उनकै अगुवाइमा आन्दोलनमा सहभागिता जनाएको थियो । उनको देहवसान २०५४ असोज २ मा भएको थियो ।

आफ्नो चट्टानी अडान र प्रस्ट विचारका कारण उनलाई लौह पुरुषको रुपमा चिनिने गरिएको छ ।आज उनको  २० औ स्मृति  दिवसमा उनको योगदान र समृद्ध रास्ट्र निर्माणको सपनालाई सफलीभूत पार्न उनि प्रति सहि सम्मान र श्रदान्जली हुनेछ ।

तपाइँको प्रतिक्रिया ।