संविधान दिवसको अवसरमा हुने सरसफाई कार्यक्रममा सहभागिताको लागि बुढानिलकण्ठ नगरपालिकाको अनुरोध

कपन अनलाइन 

काठमाडौ,असोज २ ।

बुढानिलकण्ठ नगरपालिकाले संविधान दिवसको अवसरमा नगरपालिका भरि सामुहिक सरसफाई तथा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ ।

यस कार्यक्रमको लागि नगरपालिकाका सबै वडाले आम भेला र अन्तरक्रिया सम्पन्न गरिसकेका छन । सरसफाई   कार्यक्रमको साथमा आसन्न विभिन्न चाड पर्वहरुको शुभकामना  कार्यक्रम पनि  गरिने नगरपालिकाले  जनाएको छ।

भोलि असोज ३ गते हुने यो बृहत सरसफाई कार्यक्रममा सहभागिताको लागि नगरवासीलाई नगरपालिकाले अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।