जापानका राजनेता ले भने दोश्रो विश्वयूद्धमा वेश्या वन्नु उपलब्धीमूलक
जापानका एक प्रमुख राजनेताले दोश्रो विश्वयुद्धको समयमा जापानी महिलाहरुलाई वेश्यावृत्तीमा लाग्नुपरेको घटनालाई सही ठहराएका छन् । दोश्रो विश्वयुद्धको समयमा हजारौं महिलाहरुलाई सैनिको आराम र मनोरञ्जनका लागी वेश्या वन्न पाउनु उपलब्धी मूलक काम भएको उनले वताएका छन् । जापानी मन्त्रीको यस धारणाको अहिले जापानी महिलाहरुले तिव्र विरोध गरीरहेका छन् । ओसाकाका मेयर तोरु हाशिमोतोले आफ्नो ज्यान नै जोखीममा राखेर देशका लागी लड्ने सेनाको वेश्या वन्न पाउनु राम्रो विषय भएको वताएका हुन् । एक अनुमान अनुसार दोश्रो विश्वयूद्ध ताका जापानका करिब २ लाख महिलाहरुलाई वेश्या वन्न वाध्य वनाईएको छ । यी मध्य केही महिलाहरु चिन ,दक्षीण कोरीया, फिलिपिन्स ,ईन्डोनेशीया र ताईवानका पनि थिए । यूद्धको समयमा छिमेकी मूलूकसंग जापानको यस ब्यवहारले निकै तनाव पनि उत्पन्न भएको थियो ।
जापानी मन्त्री हाशिमोतोले यद्धका समयमा जताततै गोलीको वर्षा भईरहेको थियो , सैनिक आफ्नो ज्यान हत्केलामा नै लिएर यताउता गर्दै हुन्थे , यस्तो परिस्थीतीलाई मध्यनजर गर्ने हो भने सैनिकका लागी थोरै मात्रामा आराम दिनका लागी महिलाहरु वेश्या वन्नु जरुरी थियो । यही भनाईको अहिले तिव्र विरोध भईरहेको छ । राष्ट्रवादी जापानी रेस्टोरेसन पार्टीका सहसंस्थापक तोरु हाशिमोातो ओसाका मेयर वन्नुभन्दा अगाडी जापानको सबैभन्दा सानो गर्भर्नर पनि थिए । पछिल्लो साल मात्रै तोरुले जापानमा तानाशाहको आवश्यकता रहेको वताएका थिए ।