दक्षिणकाली नगरपालिका वडा नं ३ का योजना तथा कार्यक्रमहरु
कपन अनलाइन
काठमाडौ,भाद्र १५ ।
दक्षिणकाली नगरपालिका वडा नं ३ का मुख्य तथा सहायक सडकहरुको मर्मत ,सुधार गर्ने तथा पर्यटकको लागि पुर्वाधार निर्माण गरी पर्यटकिय स्थल विकास गर्दै वडालाई नमुना वडा बनाउने मुख्य योजना रहेको अध्यक्ष नानि बाबू बस्नेतले बताए ।
वडा नं ३ का मुख्य तथा सहायक सडकहरुमा भञ्ज्याङ् देखी हवाङ हवाङे हुदै पावरहाउस जाने मोटर बाटो निर्माण गर्ने, साबिक सेतिदेवी वडा २ को पुरानो पानी ट्यांकी देखी खत्री टोल हुँदै कृष्ण बहादुर कार्कीको घरसम्म गोरेटो निर्माण गर्ने ,पधेरी डोल देखी शेष नारायण मोटर बाटो निर्माण गर्ने, पधेरो डोल देखी धसिघरे भिर सम्म सडक निर्माण गर्नुका साथै पधेरो डोल देखी नेवार टोल जाने बाटो निर्माण गर्ने, नैगेल फाट मा कृषि सडक निर्माण गर्ने, शम्भु उदासको घर बाट मधु बस्नेत को घर हुँदै हरिशरणको घर सम्म मोटर बाटो निर्माण गर्ने ,बाहुब टोल हुँदै राधाकृष्ण पावर हाउस जाने बाटो निर्माण गर्ने, गौतम कुलायन मन्दिर मोटर बाटो निर्माण गर्ने , शिव मन्दिर नारायण खोला गोरेटो बाटो निर्माण गर्ने, धाराको खोल्चो देखी पाइपलाइन सम्म गोरेटो बाटो निर्माण गर्ने लगायत अन्य सहायक शाखा बाटोहरु आवश्यकता हेरि मर्मत सुधार र निर्माण गर्ने योजना रहेको अध्यक्ष बस्नेतले बताए ।
वडा नं ३ को खानेपानीको मुहान श्रोतहरु संरक्षण गर्ने र सातमुलेमा रिजर्भ ट्यान्की निर्माण गरी वडामा खानेपानी सहज तरिकाले बितरण गर्ने योजना रहेको वडा नं ३ ले जनाएको छ ।
नं ३ का सार्वजनिक जग्गा र धार्मिक सांस्कृतिक सम्पदाहरुको संरक्षण गरी उचित स्थानमा विविध भौतिक निर्माण जस्तै क्रियापुत्री ट्रस्ट निर्माण गर्ने र भञ्ज्याङ् पोखरीमा रहेको सामुदायिक भवनमा ट्रस्ट निर्माण गरिने अध्यक्ष बस्नेतले बताए।
वडामा आधुनिक कृषि खेतीका लागी किसानहरुलाई प्रेरित गर्न तालिम र परामर्शको व्यवस्था गर्नुका साथै माटो परिक्षण गर्ने र कृषिबिज्ञ बाट आवश्यक परामर्श दिइने योजना रहेको वडा नं ३ ले जनाएको छ ।
जेष्ठ नागरिकहरुको समाजिक सुरक्षा भत्ता ब्यांक मार्फत उपलव्ध गराउने र अशक्तहरुलाई घरघरमानै उपलव्ध गराउने योजना बनाएको र वडाले जेष्ठ नागरिकलाई सम्मान गर्ने योजना बनाएको अध्यक्ष बस्नेतले बताए ।
महिला तथा युवाहरुको रचनात्मक र सृजनशीलताको विकास गर्न विभिन्न शिपमुलक तथा आयमुलक तालिमहरुको संचालन गर्ने योजना वडा नं ३ ले बनाएको छ । यस्ता कार्यक्रमहरु तर्फ महिला सशक्तीकरण तथा सीपमुलक तालिम संचालन गर्ने, महिला स्वास्थ्य स्वयंसेविका तालिम र प्रोत्साहन भत्ता उपलव्ध गराउने ,दलित, महिला,र महिला समुह र एकल महिलाहरुलाई आय आर्जन तथा शिपमुलक तालिम संचालन गर्ने योजना वडा नं ३ ले बनाएको छ ।
त्यस्तै युवा लक्षित कार्यक्रम युबालाई सीपमुलक र आय आर्जन मुलक तालिम संचालन गरी आत्मनिर्भर बनाउने योजना रहेको अध्यक्ष बस्नेतले बताए ।
वडा नं ३ को शैक्षिक सुधारका लागी गणेश आधारभुत बिधालय र सेतिदेबी मावीमा बाल कक्षा संचालन गर्नुका साथै शैक्षिक गुणस्तर वृद्धिको लागि वडाले आवश्यक पहल गर्ने योजना वडा नं ३ ले बनाएको छ ।
वडामा रहेको फर्पिङ पावर हाउस र जलासयमा पर्यटकको लागि पुर्वाधार निर्माण गरी पर्यटकिय स्थल बनाउने, यस वडामा रहेका ऐतिहासिक ,सांस्कृतिक धिमे बाजा संरक्षण गर्नुका साथै ,सांस्कृतिक जात्रा र मठ मन्दिर संरक्षण गर्ने, नेवा लिपी संरक्षण गर्ने, नेवा पुच : संरक्षण गर्ने , वडा ६, ७ र ३ को बिचमा रहेको दक्षिण गोदावरी जहाँ बाह्र बर्षे मेला लाग्ने गर्छ त्यस ठाउँमा पुर्वाधार निर्माण गरि आकर्षक स्थान बनाउने र सेवाग्राहीलाई छिटो छरितो मुस्कान सहित सेवा दिने अध्यक्ष बस्नेतले बताए ।
दक्षिणकाली नगरपालिका वडा नं ५ मा अध्यक्ष बस्नेतका साथमा लक्ष्मी पौडेल, कृष्ण कलि दर्नाल (दलित), कर्ण बहादुर श्रेष्ठ, मनोज कुमार बस्नेत जनप्रतिनिधि रहेका छन ।