एन आर एन कोरियाको सचिवमा बुढानिलकण्ठ ५ का नवीनको दावी
कपन अनलाइन
काठमाडौ,भाद्र १२
बिगत ४ बर्ष अगाडी कोरिया पुगेका नबिन पुडासैनीले एन आर एन कोरियाको चुनाबमा सचिब पदमा उम्मेद्वारी मनोनयन गर्ने घोसणा गरेका छन ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ५ का स्थायी वासिन्दा नबिन मिलनसार अनि हसिलो मिजासका रहेका छन भने उनी सामाजिक कार्यमा समेत उत्तिकै क्रियाशील रहेका छन्| कोरियामा जिन्जु शेल्टरको स्थापना आपत बिपतमा रहेका नेपालीहरुलाई सहयोग गर्ने अनि बैदेशिक रोजगारीमा कोरिया गएका नेपालीहरुलाई बिभिन्न सामाजिक अनि मनोरञ्जनात्मक कार्यक्रमहरुमा सहभागी गराउन सफल भएका नबिन युवाहरु माझ लोकप्रिय छन् ।
नेपालमा रहदाँ इन्जीनियरिंगको बिधार्थी समेत रहेका नबिन युवा प्रेरित संस्था संग आबद्ध रहेर कार्य गरेको अनुभवको आधारमा कोरियामा राइजिंग स्टार ग्रुप समेत संचालन गर्दै छन् । राइजिंग स्टार ग्रुपले नेपालमा महाभूकम्पको बेलामा राहत सामग्रीको वितरण समेत गरेको थियो ।युवा उत्प्रेतित गर्ने बिभिन्न खेल्खुद गतिविधिहरुमा समेत राइजिंग स्टार ग्रुपले नेपालमा कार्यहरु गर्दै आई रहेको समेत छ ।