नेपाली खेलकुद विगत, वर्तमान, भविष्य र १३ औं दक्षिण एसियाली खेलकुद
कपन अनलाइन
काठमाडौँ, भाद्र ९ गते /बद्री भट्टराई ( दामोदर)
नेपाली खेलकुदको इतिहास नाम, सम्मान , सहभागीता र सफलताका पानाहरुले भरिएका एउटा स्वर्णीम पल हो । नेपाली खेलकुदको वर्तमान झगडा, मन परीतन्त्र,राजनैतिक अखडा र लालसामा रुमलिएको सत्यता हो । नेपाली खेलकुदको भविष्यलाई अनुमान लगाउने हो भने काँहि कतै सम्भावनाका पखेरुहरु पलाउन सक्ने अवस्था पनि हो भने संगसंगै भएका उपलब्धीहरुको संरक्षण समेत गर्न नसक्ने एक डरलाग्दो सपना पनि हो ।
राणा र राजाकालिन समय समयको महत्वपूर्ण क्षण नेपाली खेलकुदका लागि स्मरण योग्य छन । राजनैतिक आग्रह र पूर्वाग्रहमा गरिने गाली गलौचले खेलकुदको सत्यतालाई छेक्न सक्दैन । राष्ट्र निर्माणमा कुनै न कुनै योगदान राणा र राजाको पनि थियो भन्ने यर्थाथ बाट कम्तिमा पछाडी भाग्न सक्ने अवस्था छैन । खेलकुदमा त अझै महत्वपूर्ण योगदान रहेको इतिहासका पानाहरुले बताउछन । कुनै व्यक्ति संस्थाको नेतृत्वकर्ता संग रिसीबीका कारण सबैलाई नकारात्मक बाटो तर्फ लैजान खोज्नु पनि न्यायोचित नहुन सक्छ । त्यहाँ भित्रको दमन र निरंकुशताका विषयहरुको परिणामका कारण नेपाली जनतालहरुले उक्त विषयको जवाफ पनि परिर्वतनका रुपमा दिइसकेका छन ।
औपचारीक रुपमा नेपाली खेलकुदको यात्रा कहिले देखी भयो भन्ने विषयमा स्पष्ट प्रमाण नभए पनि राणाकालिन समयबाट नेपाली खेलकुदले आफ्नो गती बढाएको स्पष्ट रहेको छ । खेलसंघ संस्था दर्ताको शुभारम्भ वि.स.२००४ साल तथा खेल संघको अभिभावकका रुपमा स्वास्थ तथा खेलकुद परिषद वि.स. २०१५ तथा २०२१ म राष्ट्रिय खेलकुद परिषद ऐन जारी भएको पाइन्छ । विभिन्न संशोधन तथा परिर्वतन हुदै वि.स. २०४८ बाट परिषद स्वायत्त संस्थाको रुपमा कार्य गर्दै आइरहेको छ ।
राणा , राजा अनि लोकतन्त्र र प्रजातन्त्रको स्तरमा राजनैतिक परिर्वतन भइरहदा नेपाली खेलकुदले भने सोचेजस्तो कुनै उपलब्धी हात पार्न सकेको छैन । वर्तमान नेपाली खेलकुद बाट आशा अनि अपेक्षा गर्नु पनि सकारात्मक सोच बाहेक अरु उपलब्धी छैन भन्न सकिन्छ ।
इतिहासका पानाहरुलाई अध्ययन गर्ने हो नेपाली खेलकुदले लोकतन्त्र आउनु भन्दा अगाडीको समयलाई बलियो रुपमा रहेको देखाउछ । मान, सम्मान , पुरस्कार , सहभागीता र उपलब्धी हालको भन्दै निकै स्तरीय रहेको स्वयम खेलकर्मीहरु नै बताउछन । तत् समयका खेलकुदका विजेताहरु नै आज सम्मका खेलकुदका हस्तीहरुका रुपमा रहेका छन । नेपालले सहभागीता जनाउने ठुला तथा अफिसियल प्रतियोगीताको रुपमा रहेको दक्षिण एसियाली खेलकुद प्रतियोगीता , एसियाली खेलकुद प्रतियोगीता र विश्व खेल महोत्सवको रुपमा रहने ओलम्पिक प्रतियोगीता हो । यस प्रतियोगीताहरुमा नेपालको सहभागीता र उपलब्धीलाई हाम्रो खेलकुदमा बहसको केन्द्र बनाउनु जरुरी रहेको छ ।
सन १९८४ बाट सुरुवात भएको साफ खेलकुदको पहिलो आयोजकको इतिहास बोकेको नेपालले ४ स्वर्ण सहित २४ पदक बाट आफ्नो खेलकुदको शुभारम्भ गरेको थियो । पाकिस्थान श्रीलङ्का र भारत भन्दा तल रहदै सुरुवात भएको नेपाली खेलकुद दोस्रो साफमा आउदा १ स्वर्ण सहित ३२ पदमा पुगेका थियौ । तेस्रो साफमा २ स्वर्ण सहित कहाँ , कहाँ किन चुक्यो हामीले अध्ययनको विषयन नै बनाउन खोजेनौ । चौथो साफमा १ स्वर्ण सहित ३२ पदक हात पारेको थियो । पाँचौ साफमा नेपालले २ स्वर्ण सहित ३९ पदक हात पार्यो । छैठौमा १ स्वर्ण सहित २२ , सातौ साफमा ४ स्वर्ण सहित २८ पदक , आठौं साफमा ३२ स्वर्ण सहित ६५ पदक हात पारेको थियो । नवौ साफमा ७ स्वर्ण सहित ३३ पदक, दशौं साफमा १५ स्वर्ण सहित ६० पदक , एघारौं साफमा ८ स्वर्ण सहित ३६ पदक ल्याउन सफल भएको छ । ब्राहौ साफमा आइपुग्दा भने नेपालले ३ स्वर्ण सहित कुल ६० पदक हात पारेको हामी माझ स्पष्ट रहेको छ ।
साफ खेलकुदमा नेपालको सूरुवात प्रतिस्पर्धा इण्डिया, श्रीलङ्का र पाकिस्थानलाई जित्नु थियो । पहिलो साफको यात्रालाई नेपालले आठौं साफमा आइपूग्दा सारा नेपालीलाई खुसी दिन सफल भएको थियो किनकी नेपाली साफ इतिहसामा पहिलो पटक ३२ स्वर्ण सहित पदक तालिकाको दोस्रो स्थानमा पुग्न सफल भयो । देशभर उल्लास ,उमङ्ग र खेलकुद प्रति आमनागरीकको अथाह माया, सदभाव र सम्मान प्राप्त गर्न सफल भएको थियो । प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको त्यो कार्याकाल नेपाली खेलकुदको ऐतिहासीक कार्यकाल सावित भएको थियो । यो सत्यततालाई कसैले पनि नर्कान सक्दैन । पहिलो हुने महत्वकांक्षा बोकेको नेपाली खेलकुद ९ औ साफमा ७ स्वर्णमा झर्नु प¥यो । यद्यपी नेपालको प्रतिस्पर्धा भने उहि पुरानै प्रतिस्पर्धी संग कायम थियो । यस क्रममा नेपाली खेलकुदले प्रतिष्पर्धीलाई उछिन्न त सकेननै नेपाललाई विस्तारै बंगलादेश तथा अफगानीस्थानले समेत उछिन्न सफल भयो । १२ औं साफमा आइपूग्दा नेपाल पदक तालिकाको छैठो स्थानमा आएको छ । ८ औं, ९ औं १० औं साफको उपलब्धी ११ औ र १२ औं मा किन अप्रत्यासीत नतिजा भोग्नु प¥यो ? यो प्रश्नको स्वभाविक जावफ राजनीति र एकअर्का प्रतिको दोषारोपण मात्र भेटिन्छ । अनुशासन र नैतिकता हराँउदै गएको चरम राजनीतिले नेपालको खेलकुदलाई कमजोर बनाएको सत्यताबारेमा भने आम नागरीक जानकार छन् ।
किन लाग्यो त नेपाली खेलकुद ओरालो तर्फ यसको समिक्षा अब गर्ने बेला आएको छ । हामीेले पदक, प्रशिक्षण र सहभागीता भन्दा बढि राजनैतिक आग्रह र पूर्वाग्रहमा मात्र बहस केन्द्रीत ग¥यो । हाम्रो खेलकुद निति र व्यवस्थापनमा भन्दा नेतृत्व र समायोजनमा लाग्यो । खेल संघहरुमा देखिएको आर्थिक अपचलन, खेलाडीहरुमा देखिएको नैराश्यता , प्रशिक्षकहरु पुरानै अनुभवमा चल्नुपर्ने बाध्यताले हामीलाई पछाडी राख्यो । राखेप तथा अोलम्पिक जस्ता खेलकुदका अभिभावक संस्थाका पादधिकारीहरुको गैरजिम्मेवारीता , पदप्रतिको आश्क्तता र राजनैतिक अभिष्ट पुरा गर्ने अभियान चल्नु नेपाली खेलकुदको ओरालो लाग्ने ठुला गेयर साबित भयो ।
नैतिकता, अनुशासन र प्रतिष्ठा भन्दा , पद र समृद्धिका लागि खेलकुद प्रयोग हुन थाल्यो । १८९ संघ परिषदमा दर्ता हुनु यसको ज्वलन्त उदाहरण हो । वाषिर्क कार्यक्रम समेत आयोजना नहुने, प्रशिक्षक र खेलाडी समेत नभएका खेलसंघहरुको दर्ता र त्यसको सक्रियता नेपाली खेलकुदको विषवृक्ष बन्यो ।
मिसन १३ औं साग, परिषद, ओलम्पिक लडाई र खेलकुद मन्त्री प्रतिको आशा
विगतका सबै काला यर्थाथहरुलाई विर्सिएर अब नेपाली खेलकुदले सहि दिशा लिन सक्नु पर्दछ । यसो भनिरहँदा हाल नेपाली खेलकुदमा देखिएका विवादहरु समाधान हुन र नयाँ संघिय संरचनामा खेलकुदलाई लैजानु कम चुनौती पूर्ण भने पक्का छैन । आगामी सन २०१९ मा नेपालले दक्षिण एसियाली गेम्सको आयोजना गर्ने निर्णय तय भएको छ । नेपालको वर्तमान राजनैतिक अवस्था, दलिय अह्मता र खेलकुदको भद्रगोल अनुशासनका कारण नेपालमा दक्षिण एसियाली खेलकुद प्रतियोगीता तोकिएकै समयमा हुन सक्ला ? यसमा सक्छ भन्नेहरु भन्दा कयौं गुना सक्दैन भन्ने जवाफ दिन्छन । लेखक तोकिएको समयमा नै खेलकुद प्रतियोगीता आयोजना होस भन्ने कामना गर्दछ । भौतीक संरचनाको वर्तमान अवस्था , राष्ट्रिय संघहरुको विवाद र राजनैतिक पूर्वाग्रहमा हुने मुख्य प्रशिक्षक नियुक्ती जस्ता विषयले पनि दक्षिण एसियाली प्रतियोगीतामा प्रभाव पारिरहेको हुन्छ ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगीताको पूर्वाधार तयारी संगै ओलम्पिक विवाद र महत्वपूर्ण संघहरुको विवादलाई ज्यूँका त्युँ राखेर दक्षिण एसियाली खेलकुद प्रतियोगीताको आयोजना गर्नु निकै ठुलो चुनौती र विवादको पखेंटा सावित हुने छ । वर्तमान खेल पदाधिकारीहरु राष्ट्रिय कानुनलाई भन्दा अन्तराष्ट्रिय कानुन र पहुँचको कुरा गर्न थालेको कारण पनि विवाद समाधान सहजै हुने अवस्था छैन । यस विषयमा परिस्थितीमा नव नियुक्त युवा तथा खेलकुद मन्त्रीको कार्याकाल उपलब्धी मुलक होला वा विवादित यो भने समयले नै बताउने छ । यद्यपी नेपाली खेलकुदको सवालमा परिषद, ओलम्पिक र खेलकुद मन्त्री विचमा सेतुको भुमिका निर्वाह गर्ने कोहि खेलकुद नेतृत्व अगाडी आउन सके समस्याको समाधानमा सम्भावना देखिन सक्छ । अब पालो राखेप सदस्य सचिव, र अन्तराष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटिको नेतृत्व र राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटि नेतृत्वको । यी निकाएका प्रमुखहरुलाई न्युनतम समय सिमा सहितको विवाद समाधानलाई आग्रह गर्ने र समस्याको समाधान नभए नेपाली खेलकुदलाई अगाडी बढाउन मन्त्री स्तरीय तथा मन्त्रीपरिषदको निर्णयलाई आत्मासाथ गर्ने यो भन्दा बलियो समस्याको समाधान अरु हुन सक्ने अवस्था नेपाली खेलकुदमा देखिएको छैन । नेपाली खेलकुदमा ८ औ. दक्षिण एसियाली खेलकुद र उपलब्धीलाई जोगाउन सक्ने वातावरण निर्माण होस १३ दक्षिण एसियाली खेलकुद प्रतियोतामा ।