शिभाली र स्वराह सेमिफाइनलमा
नेपालकी शिभाली गुरुङ र माल्दिभ्सकी आइसथ करिन सइजनको जोडी इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताको गल्र्स डबल्समा बुधबार पहिलो भएका छन् ।
उक्त जोडीले फाइनलमा बंगलादेशका हुमीराह हैदर र बंगलादेशकी नयिम हुसेनको जोडीबाट वाक ओभर पाए । हुमीराहकी पार्टनर नयिम घाइते भएकाले उक्त जोडीले फाइनल त्यागेका थिए ।
नेपाल टेनिस संघ र एथलिट्स इमर्जिङद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइज डबल्समा भारतका अभी अग्रवाल र तनिश नन्दाको जोडीले नेपालका अर्यासराज पौडेल र स्पन्दन उदासको जोडीलाई ६–१ र ६–० तथा भारतकका हर्ष मर्वाहा र बंगलादेशका मोहम्मद रकिन रहमानको जोडीले नेपालका वृजेश अर्याल र विश्वविषेश डल्लाकोटीको जोडीलाई ६–४ र ६–४ को सोझो सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
गल्र्स सिंगल्समा नेपालकी शिभाली गुरुङले आफ्नै डबल्स पार्टनर माल्दिभ्सकी सइजनलाई ६–१ र ६–२ तथा बंगलादेशकी हुमाराहले नेपालकी स्वराह थापालाई ६–० र ६–० को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान बनाए ।
ब्वाइज सिंगल्समा भारतका तनिसले हङकङका लाप यिन ललाई ६–० र ६–१, नेपालका वृजेश अर्यालले नेपालकै असभसम्राट हाडालाई ६–१ र ६–०, भारतका अभी अग्रवालले नेपालका विश्वविषेश डल्लाकोटाीलाई ६–० र ६–१ तथा न्युजिल्यान्डका ज्याक्स रुपले भारतका हर्ष मर्वाहालाई ६–४, ४–६ र ७–५ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे ।