आज मनमहोन अधिकारीको १४ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ ।

आज नेपालको प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमहोन अधिकारीको १४ औं स्मृति दिवस । नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज व्याक्तित्व, प्रथम कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका प्रथम अध्यक्ष मनमोहन अधिकारीको १४ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ ।

16100481विसं १९७८ सालमा काठमाडौंको लाजिम्पाटमा बुबा रामचन्द्र अधिकारी र आमा पूर्णकुमारी अधिकारीको जेठो छोराका रुपमा जन्मिएका अधिकारीको २०५६ साल बैसाख १३ गते निधन भएको थियो । अध्ययनको सिलसिलामा भारतको बनारसमा पुगेदेखि नै अधिकारी राजनीतिमा सक्रिय बनेका थिए । खासगरी भारत छोडो आन्दोलनको क्रममा बनारसमा बीएस्सी पढ्दै गर्दा विसं १९९९ सालमा अधिकारी पहिलोपल्ट बनारस जेलमा परेका थिए । जेलमा भारतीय कम्युनिस्ट नेताहरुसँगको सम्र्पर्कमा उनी कम्युनिस्ट पार्टीमा सङगठित भएका थिए । अधिकारीले भारतमा रहँदा मजदुर र किसानहरुका बीच रहेर पनि राजनीतिक काम गरेका थिए । नेपालमा मजदुर आन्दोलनको अगुवाइ गरी ००३ सालमा विराटनगरमा भएको ऐतिहासिक मजदुर हडतालको नेतृत्व अधिकारीले सम्हालेका थिए । पार्टीको नेतृत्व सम्हाल्ने क्रममा अधिकारी लामो समयसम्म किसानहरुको बीचमा रहेर कठोर भूमिगत राजनीतिक जीवनसमेत बिताए । २००६ सालमा जेलबाट छुट्दा अधिकारीले नेपाल कम्युनिस्ट पार्टीको स्थापना भइसकेको थाहा पाए र सस्थापक नेता पुष्पलाल श्रेष्ठसंग भारतको रक्सौलमा भएको भेटपछि अधिकारी नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध भएका हुन् । २०५१ को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट उनी प्रधानमन्त्री बनेका थिए । उनको सरकार बनेको ९ महिनापछि अन्य पार्टीले समर्थन नदिएका कारण ढल्यो जुन नेपालको इतिहासमा ९ महिने सरकारका रुपमा चिनिने गर्दछ । स्वच्छ एवं निस्कलङक प्रधानमन्त्रीका रुपमा देखिएका अधिकारीबाट वर्तमान प्रधानमन्त्रीले पनि पाठ सिक्नुपर्ने कम्युनिष्ट नेताहरुले औल्याएका छन् । अधिकारी नेतृत्वको सरकारले बृद्ध भत्ता दिने तथा आफ्नो गाँउ आफै बनाऔ जस्ता लोकप्रिय कार्यक्रमलाई अहिले पनि स्मरण गर्ने गरिन्छ । अधिकारीको नौ महिने सरकारले आफ्नो गाँउ आफै बनाउ कार्यक्रम अन्तरगत हरेक गाविसलाई अनुदान दिने तथा बृद्धबृद्धालाई भत्ता दिने कार्यक्रम अत्यान्तै लोकप्रियता पाएको थियो । २००८ सालमा भारतको कोलकातामा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको पहिलो सम्मेलनबाट पोलिटब्युरो सदस्य भएका अधिकारी ००९ सालमा धनुषाको बटेश्वर बैठकबाट पार्टीको महासचिव चुनिए । ०१० सालमा पाटनमा भूमिगतरुपमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनले पनि अधिकारीलाई महासचिवमा चुन्यो । अधिकारीले झन्डै छ दशक नेपाल कम्युनिस्ट पार्टीको नेताका रुपमा विताए । लामो राजनीतिक संर्घषकै सिलसिलामा अधिकारीले करिब १७ वर्षको कठोर जेल जीवन पनि बिताए । वि.सं.२०४६ को जनआन्दोलन ताका नेकपा माक्र्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा माले सित पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुगेका थिए । र २०४६ सालको जनआन्दोलनमा नेपाली कांग्रेससंगको सहकार्यको पहलका लागि पनि स्वर्गिय अधिकारीको ठुलो देन रहेको छ ।

तपाइँको प्रतिक्रिया ।