कपन गाविसको अनुगमन समितिबाट मीठाराम बाहिरिए

DSC_0074कपन अनलाइनकपन गाउँ विकास समितिमा रहेको सबैभन्दा महत्वपूर्ण मानिने अनुगमन समितिमा नेकपा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने मीठाराम अधिकारी त्यो भूमिकाबाट बाहिरिएका छन् । निजी व्यस्तताका कारण देखाउँदै उनले सो पद छोडेका हुन् । उनको बर्हिगमनसँग नेकपा एमालेका तर्फबाट ठाकुरप्रसाद खकुरेलले अनुगमन समितिको प्रतिनिधित्व गर्ने भएका छन् ।

निजी व्यस्तता भनिए पनि राजनीतिक जोडघटाउ मिलाउन मीठाराम अधिकारी हटेर सो पदमा ठाकुरप्रसाद खकुरेललाई ल्याइएको हल्ला कपनमा चलेको छ । कपन गाविसको अनुगमन समितिमा एमाओवादीबाट संजय अर्याल तथा नेपाली कांग्रेशको तर्फबाट टंकप्रसाद सापकोटाले प्रतिनिधित्व गर्दछन् ।

तपाइँको प्रतिक्रिया ।