कपन ३ मा रहेको प्रिन्सटन स्कूलमा माओवादी कारवाही

2012-08-11-1344660994कपन अनलाइनशैक्षिक क्षेत्रमा नेकपा – माओवादीले राखेको माग विपरित संचालित विद्यालयहरुलाई भौतिक कारवाही गर्ने क्रममा कपन ३ स्थित प्रिन्सटन स्कूलमा चैत्र १९ गते सामान्य आक्रमण भएको छ । अधिक भर्ना शुल्क तथा मासिक शूल्कका साथै स्कूलले नै पुस्तकहरु बिक्रि गरेकोले सामान्य चेतावनी दिइएको नेकपा – माओवादी सम्बन्ध विद्यार्थि युनियनका जिपिले कपन अनलाइनलाई जानकारी दिए ।
प्राप्त समाचार अनुसार कपन ३ स्थित यस स्कूलमा नेकपा – माओवादी समर्थित विद्यार्थी युनियनका दुई सदस्य कार्यालय कक्षमा गएर टेबुलको सिसा फुटाएर चेतावानी दिँदै बाहिरिएका थिए । ठूलो क्षति नभए पनि यो घटनाबाट विद्यालय परिवार त्रशित भएको नाम उल्लेख नगर्ने शर्तमा एक शिक्षकले कपन अनलाइन बताए । यो विषयमा सम्पर्क गर्ने खोज्दा विद्यालयकी प्राचार्यसँग सम्पर्क हुन सकेन भने कपन प्रहरी प्रभागले तोडफोडका आरोपीलाई प्रकाउ गर्ने खोजी गरिरहेको छ । कपन प्रहरी प्रभागले उजुरी परेको हुँदा खोजबिन भैरहेको जनायो ।

यसैबीच विद्यार्थी युनियनका जिपिले प्रहरीले आरोपीलाई समाते गलत हुने बताए । निम्न वर्गीय परिवारका वच्चाहरु पढ्ने स्कूलले शिक्षाको नाममा चरम व्यवसाय गर्न नपाउने भन्दै उनले शैक्षिक क्षेत्रमा हुने गलत प्रकृयाको सदैव विरोधमा रहने बताए ।

तपाइँको प्रतिक्रिया ।