डा. राजन भट्टराईद्वारा भोटखोला चौथो ल्होसार कप २०८२ को उदघाटन

डा. राजन भट्टराईद्वारा भोटखोला चौथो ल्होसार कप २०८२ को उदघाटन

कपन अनलाइन

काठमाण्डौ ,माघ २७।

नेकपा एमालेका केन्द्रीय सचिव डा. राजन भट्टराईले भोटखोला चौथो ल्होसार कप २०८२ को उदघाटन गरेका छन।

काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेका डा. भट्टराईले बुढानिलकण्ठ नगरपालिका वडा नं १० को कपन ह्यान्डबल मैदानमा शुरु भएको सो प्रतियोगिताको उदघाटन गरेका हुन।

संखुवासभा जिल्ला भोटखोला गाउँपालिका   वडा नं ४ मा रहेको नामसे युथ क्लवको आयोजनामा भएको सो प्रतियोगिताको उद्घाटनमा बोल्दै डा.भट्टराईले प्रतियोगिता सफलताको शुभकामान दिदै खेलकुदको महत्वका वारेमा आफ्नो धारणा राखेका थिए।

तपाइँको प्रतिक्रिया ।