बुढानिलकण्ठका सडकको अवस्था बुझ्दै गगन थापा
कपन अनलाइन
काठमाडौ,असार २६ ।
काठमाडौ क्षेत्र नं ४ का सांसद गगन थापा अहिले आफ्नो क्षेत्रको सडकहरुको अवस्था बुझ्नका लागी क्षेत्र भ्रमणमा रहेका छन । उनले असार २५ गते बुनपा १० को बालुवाखानी सडकको अवस्थाको निरीक्षण गरेका थिए भने असार २६ गते उनी बुनपा १२ को तेन्जिंग चोक क्षेत्रमा निरीक्षणका लागी पुगेका थिए । साविक कपन र चुनिखेल जाने आउने बाटोहरुको अवस्था निकै नाजुक रहेको जनगुनासो बढे पछी स्वयम सांसद थापा यसरी निरीक्षण भ्रमणमा निस्केका हुन् ।
कपन अनलाइन संगको कुराकानीमा सांसद थापाले यस क्षेत्रमा बाटो र ढलको व्यापक समस्या रहेको र सबै बाटाहरूलाई विस्तारको योजनामा पारेर काम अगाडी बढाएको बताए । सबै प्रक्रिया हेर्दा आगामी दशै सम्ममा सबै बाटाहरु बनिसकनु पर्ने तर ठेकेदारको लापरवाही र नियम कानुनको कमजोरीले काम सुस्त भएको उनले बताए ।
साविक कपन र चुनिखेलका बाटो अभावमा निकै समस्यामा परेको आफुले बुझे पछी डिभिजन सडक कार्यालय ,खानेपानी कार्यालय डेलिगेसन गएर समस्या अवगत गराएको उनले बताए । तर समय दिए पनि कुनै प्रगति नभएकोले फेरी आफू निरीक्षणमा उत्रेको उनको भनाई छ ।
धेरै ठूलो रकमको ठेक्का लिने तर न्यून संख्यामा कामदार परिचालन गरेको कारणले पनि समयमा काम हुन् नसकेको र यस विषयमा ठेकेदारलाई भन्दा सिघ्र काम गर्न असमर्थता जनाएको सांसद थापाले कपन अनलाइन बताए ।
प्राविधिक रुपमा ३० दिनमा सकिने यस्ता सडकलाई कानुनी रुपमा १८ महिना पाउने सरकारी नियमले गर्दा पनि जनताले दुख पाएको उनले बताए ।काठमाडौको विकासको आधारभूत अवधारणामै कमजोरी रहेको उनले कुराकानीको क्रममा स्वीकार गर्दै अव झन् काठमाडौंमा बिजुलीको तार भूमिगत गर्ने कामले ठुलो समस्या सृजना गर्ने उनको भनाई छ ।
कुनै एक नाका खोल्न के पहल हुन्छ भन्ने कपन अनलाईन को प्रश्नमा ३ दिन भित्र एउटा न एउटा बाटो खोल्ने र त्यसका लागी आफू प्रत्येक दिन क्षेत्रमा आउने थापाले बताए । स्थानीय जनता सहितको डेलिगेसन जादा सरोकार वाला पक्ष सबैले ३ दिन भित्र कम्तीमा एउटा नाका बाट निकास दिने आश्वासन पाएको उनले बताए ।