जिल्ला युवा विकास समिति काठमाडौको ३ महिने ब्युटिसियन तालिम सम्पन्न
कपन अनलाइन
काठमाडौ,असार २६ ।
जिल्ला युवा विकास समिति काठमाडौले ३ महिने असिस्टेन्ट ब्युटिसियन तालिमको समापन गरेको छ । चावहिलमा रहेको वर्ल्ड लिंक टेक्निकल ट्रेनिंग इन्स्टिच्युट मा २०७४/०१/०३ गते देखी २०७४ /०३ /२५ गते सम्म संचालित तालिमको समापनमा राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख मुक्ति सिंह ठकुरी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ठकुरीले यस्ता तालिमले युवाहरूलाई स्वावलम्बी बन्न सहयोग पुग्ने हुँदा देसै भरि तालिम संचालन गर्न पहल गर्ने आश्वासन दिएका थिए ।
उक्त समापन कार्यक्रममा जिल्ला युवा विकास समिति काठमाडौकी कार्यालय सचिव कमला ज्ञवाली ,तालिमकी प्रशिक्षक बुनु अधिकारी लगायतको उपस्थिति रहेको थियो । युवा विकास समिति काठमाडौंकी कार्यालय सचिव कमला ज्ञवालीले तालिम लिएर मात्र केहि नहुने र यसको शिप परीक्षण पश्चात् मात्रै उपयोगिता सिद्ध हुने बताएकी थिइन ।
कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला युवा विकास समिति काठमाडौंका अध्यक्ष निरेस लाल सिंहले अन्य जिल्लाको समान हैसियतमा काठमाडौलाई राख्नु सरासर अनुचित हुने र बजेट विनियोजन गर्दा जनसंख्या र भूगोललाई ध्यान दिनुपर्ने बताएका थिए ।आगामी दिनमा युवा लक्षित कार्यक्रमहरु जिल्लाका सबै नगरपालिकामा संचालन गर्ने उदघोष अध्यक्ष सिंहले गरेका थिए ।