२ घण्टा लोडसेडिङ कम हुँदैछ
कपन अनलाइन विश्वमा कम बिजुली उपभोग गर्न पाउने जनताहरूमा नेपाली माथिल्लो श्रेणीमा पर्दछन् । हामी नेपाली वर्षमा करिब ६ महिना अँध्यारोमा बाँच्दछौँ । यसै क्रममा आउँदो साताबाट दिनमा १० घण्टामात्र लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण जनाए अनुसार आगामी सातादेखि लोडसेडिङ दैनिक दुई घण्टासम्म घटाउने तयारी भएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको मर्मत सकिनासाथ प्राधिकरणले लोडसेडिङ घटाउन सम्भव भएको हो । अहिले दैनिक १२ घण्टाको लोडसेडिङ अब १० घण्टामा झर्ने प्राधिकरण प्रणाली सञ्चालन विभागले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।