अस्तव्यस्त कपनको खेल मैदान(ह्याण्डबल मैदान)

 

DSC_0095कपन अनलाइनसबै कुरा सम्पन्न भए पनि त्यसको उपयोग गर्न नसके बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड भनेझै हुन्छ । हो यस्तै नै भएको छ कपनको ह्याण्डबल मैदानपनि । दिनहुजस्तो बन्दै गएको घर अनि बढ्दो जनसंख्याको कारण साघुरिदै गएको कपनमा कम्तिमा एउटा खुल्ला मैदानको रुपमा यस ह्याण्डबल मैदानको संरक्षण किन हुन नसकेको होला ?
विगतमा यस खेल मैदानमा राष्ट्रियस्तरका प्रतियोगिता पनि हुने गरेकामा हाल त्यस्ता प्रतियोगिता  सञ्चालन हुनसकेका छैनन् । दिनहुँ जसो साँझ तथा विहान यस क्षेत्रका करिब २०० भन्दा बढि बाल–बालिका तथा युवाहरु खेल खेलिरहेको देख्न सकिन्छ । तर कपनमा विकासको मुल फुटेको छ भन्नेहरु किन यस्तो विषयमा कार्य गर्न तयार छैनन् ? किन मौन छन् केहि समय अघि मात्र कपन खेलकुद विकासको आयोजनामा भएको फुटबल खेलमा समेत ४० भन्दा बढि टीम सहभागी भएको ताजा उदाहरण भए त्योबाहेक खासै उपलब्धिमुलक कार्य भने भएको छैन ।

नेपाली खेलकुद निकायको महत्वपूर्ण स्थानहरुमा यस क्षेत्रका व्यक्तिहरु  कपनमा बसोबास गर्छन् ।( ह्याण्डबल का कोषाध्यक्ष, उपाध्यक्ष) बक्सिङ्ग का महासचिव , तेक्वान्दोका मुख्य प्रशिक्षक, उसु खेलका प्रशिक्षक, जिम्याष्टिक खेलका ब.प्रशिक्षक, एथ्लेटिक्सका ओलम्पियन, रा.खे.प का विभिन्न तहका कर्मचारी आदि) । तर यी पदमा आसिनहरूले कपनलाई सकारात्मकरूपले हेर्न नसक्दा यहाँको खेलकुदको अवस्था भने दयनीय रहेको छ ।

कपनका राजनीतिक दलहरूले पनि यहाँको खेलकुदलाई उल्लेखनीय महत्व दिन सकेका छैनन् । कपनमा राजनीति गर्नेहरू खेलकुदको ‘ख’ नजाने पनि बिभिन्न खेलकुदका संघहरूमा ठूला पदहरूमा आसिन भएका छन् ।  यो कपनकै महत्वको क्षेत्र बनिसकेको ह्याण्बल मैदानलाई केही गरौँ भनेर हेर्ने भावना भने भाव भने यिनीहरूमा छैन ।  आखिर राजनैतिक दलको हेला यो मैदानलाई किन यति धेरै त ? यस विषयमा  सदाबहार खेलकुद समाजका कोषाध्यक्ष राजु विक्रम थापा भन्छन् “खेलप्रेमीहरुको कम रुचि पनि हो साथै तथा राजैतिक दलका नेताहरुमा खेलकुद प्रतिको चासो नहुनाले पनि हुन सक्छ ”। सरस्वती नगर युवा क्लब का उपाध्यक्ष माधव त्रिपाठी भन्छन्-  ‘खेलमैदानको महत्व नबुझ्नाले पनि  यसको  संरक्षणमा वास्ता नगरिएको होला ।’
यसै विषयमा कपन खेलकुद विकास समितिका अध्यक्ष एवं काठमाडौं जिल्ला खेलकुद संघका अध्यक्ष धुव्र राज न्यौपानेको भनाई अलि फरक छ “ खेल मैदान बनाउने कुरमा हामी सबै सकारात्मक नै छौ केहि प्रयास पनि भइरहेको छ तर समस्या के हो भने यो मैदान ह्याण्डबल संघको मातहतमा पनि रहने अनि सधै गा.वि.स ले लागानी गर्नु पर्ने कुरा अलि गारो अवस्था रहेको बताउँछन् ध्रुवराज न्यौपाने ।

निचोडमा अहिले यति नै भन्ने अवस्था छ कि कपनको खेल मैदान र खेलकुद गतिविधी लाई अगाडी बढाउने हो भने सर्वपक्षिय भेला आवश्यक छ र खेलकुद क्षेत्रमा कार्य गरिरहेका व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा यस मैदान निर्माणमा लगाउनु आवश्यक तर यसो गर्ने कसले ?

-बद्रि भट्टराई

तपाइँको प्रतिक्रिया ।