बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन केही समयपछि एउटा म्युजिक भिडियोमा देखिने
लण्डन, फागुन ८ (एजेन्सी)–सामान्यतया राजनीतिक नेताहरु भाषणमा र देश विदेशमा हुने सभा सम्मेलन र बार्तामा सहभागि भएका भिडियोमा देख्न पाईन्छ । तर, बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन भने केही समयपछि एउटा म्युजिक भिडियोमा देखिने भएका छन् ।
‘वन डाइरेक्सन’ नाम दिईएको ब्याण्डको म्युजिक भिडियोमा क्यामरुनलाई छिट्टै देख्न पाईने अन्तराष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । गरिवि उन्मूलनका लागि रकम जम्मा गर्दै आएको यो ब्याण्डले प्रधानमन्त्री क्यामरुनलाई म्युजिक भिडियोमा अतिथिका रुपमा राखेको छ ।
प्रधानमन्त्री कार्यालयले म्युजिक भिडियोका लागि सुटिङ भईसकेको पुष्टि समेत गरेको छ ।
सन् १९८५ यता यो क्षेत्रमा काम गर्दै आएको ब्याण्डले हालसम्म ८० करोड चन्दा संकलन गरिसकेको छ ।
तपाइँको प्रतिक्रिया ।