दोस्रो अन्तर्राष्ट्रिय मुटकोर्ट प्रतियोगिता सम्पन्न

दोस्रो अन्तर्राष्ट्रिय मुटकोर्ट प्रतियोगिता सम्पन्न

कपन अनलाइन 

काठमाडौँ, १४ असार । दोस्रो अन्तर्राष्ट्रिय कानुनसम्बन्धी बहस (मुटकोर्ट) प्रतियोगिता हालै सम्पन्न भएको छ । समाज विकासका लागि कानुन र सञ्चार एकसाथ (स्याम्स) नेपाल र त्रिभुवन विश्वविद्यालय कानुन सङ्कायको संयुक्त आयोजनामा भएको मुटकोर्ट प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।

तीन दिनसम्म चलेको प्रतियोगितामा नेपाल, भारत र पाकिस्तानका ६ समूहको १८ जनाको सहभागिता रहेको स्याम्स नेपालका अध्यक्ष आकाश बागचनले जानकारी दिनुभयो ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय कानुनमा मानव अधिकार, शरणार्थी समस्या, भ्रष्टाचार, वातावरणीय कानुन लगायतका विषयमा बहस भएको थियो जसमा नेपालबाट ल क्याम्पस, चक्रवर्ती हवी ल कलेज, नेसनल ल कलेज, पृथ्वीनारायण क्याम्पस, पोखरा गरी चार समूह, भारतबाट गुजरात नेसनल ल युनिभर्सिटी र पाकिस्तानबाट लाहोर विश्वविद्यालयका कानुन सङ्कायमा पढ्ने विद्यार्थीको सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय अदालतको ढाँचामा भएको बहसमा भारतको गुजरात ल युनिभर्सिटी प्रथम भएको थियो भने राम्रो बहस गर्ने विद्यार्थीका रुपमा पाकिस्तानका ओमर इमस मलिक हुनुहुन्थ्यो । विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । पहिलो प्रतियोगिता नेपालमै सन् २०१६ को फेबु्रअरीमा भएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।