बुढानिलकण्ठ नपाको पूर्ण बोर्ड बैठक :आफ्नैलागि गर्यो सवारी किन्ने निर्णय
कपन अनलाइन
काठमाडाैं, ३ असार
बुढानीलकण्ठ नगरपालिकाको कार्यपालिकाको पूर्ण बैठक सम्पन्न भएको छ। निर्वाचनपश्चात् बसेको पहिलो बैठक औपचारिक रूपमा मात्र सम्पन्न भएको थियो भने कार्यपालिकाको दोस्रो बैठकले आफ्नो सवारी सुविधा थप्ने लगायतका विभिन्न निर्णयहरू गरेको छ |
उक्त बैठकले नगरपालिकामा रहेका भाडाका सवारी साधन विस्थापित गरि आफ्नै सवारी साधन किन्ने निर्णयलाई अनुमोदन गरेको छ | नगरपालिकामा हाल प्रमुखले प्रयोग गरेको बाहेक २ वटा सवारी साधन प्रयोग भइरहेका छन्ऽ जसको भाडा वापत नगरपालिकाले वार्षिक १ लाख ६५ हजार रुपैयाँ तिर्दै आएको छ ।
निर्वाचनअघि नै निर्णय भइर टेन्डर आव्हान समेत भएको एउटा गाडी खरिदको निर्णयलाई परिवर्तन गरि सोही रकममा २ वटा सवारी साधन खरिद गर्ने निर्णय सो बैठकले गरेको एक कार्यपालिका सदस्यले बताए ।
सोही बैठकले नगरपालिका का १३ वटै वडामा रहेका टोल सुधार समिति, महिला समूह,युवा क्लब ,जेष्ठ नागरिक समूह आदिको तथ्यांक संकलन गरि अभिलेख १ हप्ताभित्र नगरपालिकामा बुझाउन वडा अध्यक्षहरूलाई निर्देशन दिएको छ ।
नेकपा एमालेले निर्वाचन दौरानमा उच्च प्राथमिकता साथमा उठाएको र पहिलो बैठकले सम्भाव्यता अध्ययनको औपचारिक निर्णय गरेको खानेपानीको समस्या समाधानकोबारेमा भने कुनै पनि छलफल नभएको स्रोतले बतायो |