शान्ति समाजको २१ औँ स्थापना दिवस
कपन अनलाइन
काठमाडौँ, २० जेठ । मानवअधिकार तथा शान्ति समाजको २१ औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित जीवनमुखी, जगतमुखी र सेवामुखी उद्देश्य विषयक गोष्ठीमा मानवअधिकारवादी कृष्ण कँडेलले मानिसको अधिकार सुरक्षित भए मात्र देशले फड्को मार्नसक्ने बताउनुभयो ।
कार्यक्रममा सांसदद्वय धनराज गुरुङ र जितु गौतम तथा नेपाल प्राध्यापक सङ्घका सभापति रामेश्वर उपाध्याय, अधिकारकर्मी लोकेश ढकाल, शान्ति समाजका सल्लाहकार होमकान्त चौलागार्इं, उपसभापति रेणुका पौडेल, महासचिव उत्तम पुडासैनीले नेपालको मानवअधिकारको स्थिति र मानिसको बाँच्न पाउने अधिकारको विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समाज २१ वर्षदेखि मानवअधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताका लागि क्रियाशील रहँदै आएको छ । मानवअधिकार तथा शान्ति समाज २१ वर्ष अगाडि आजकै दिन मानव अधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वमा गठन भएको थियो । रासस