एमाओवादीको दलित मोर्चाको क्षेत्रीय सम्मेलन कपनमा सम्पन्न

कपन अनलाइन नेकपा एकिकृत  माओवादी समर्थित  नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, क्षेत्र नं. ४ को प्रथम सम्मेलन सम्पन्न भएको छ । हिजो पुष २१ गते सम्पन्न सम्मेलनमा पार्टिका दलित अगुवाहरुको साथमा एमाओवादी पोलिटब्युरो सदस्य नन्दकिशोर पुन ‘पाशाङ’ प्रमुख अतिथिको रूपमा उपस्थित थिए । त्यसैगरी राज्य समितिबाट शिखा र जिल्लाबाट सन्जय अर्यालको पनि उपस्थितिमा क्षेत्रीय कमिटिको सर्वसम्मत चयन गरिएको थियो ।

एमाओवादीभित्रको भट्टराई समुहले यस सम्मेलनलाई रोक्न ठुलो प्रयास गरेको कुरा नाम उल्लेख नगर्ने शर्तमा एक दलित अगुवाले कपन अनलाइनलाई बताए ।

नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, क्षेत्र नं. ४ को नयाँ समितिमा अध्यक्ष तथा उपाध्यक्षसहित ४ जना कपनबाट चयन भएका छन् । नयाँ समितिको अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः  महेन्द्र सुनार, कुसुम बिक, कष्ण आछामी, दिनेश विक, गौतम बिकेस निर्वाचित भएका छन् ।  २१ जनाको नयाँ समितिमा ३ जना पछि चयन गर्ने गरि १८ जनाको नयाँ समिति घोषणा गरिएको थियो ।

महाधिवेशनको मुखमा सबै वर्गीय संगठनहरुको सम्मेलन तथा अधिवेशनमा केन्द्रित रहेको एमाओवादीको गुटगत समस्यकाबीच यो सम्मेलन आयोजना गरिएको थियो ।  एमाओवादीभित्रको भट्टराई समुहले यस सम्मेलनलाई रोक्न ठुलो प्रयास भएको कुरा नाम उल्लेख नगर्ने शर्तमा एक दलित अगुवाले कपन अनलाइनलाई बताए । सम्मेलन   कपनस्थित हिलिम पार्टि प्यालेसमा गरिएको भए पनि कपन गाउँ पार्टि कमिटिका अध्यक्ष शिव बजगाई कार्यक्रममा उपस्थित थिएनन्  । शिव बजगाइलाई भट्टराई पक्षीय भनेर आरोप लाग्ने गरेको छ ।

तपाइँको प्रतिक्रिया ।