नेपाली काँग्रेसबाट कान्छाे पुस्ताकी प्रतिनिधि रजनी थापा टाेखाबाट ५१ मतले पराजित
कपन अनलाइन, काठमाडाैँ । नेपाली काँग्रेसबाट रजनी थापाले उपमेयर पदमा टिकट पाउने शुरूमा कसैले पत्याएकाे थिएनन् । स्वयम् रजनीले प्रयास त गरेकी हुन् तर उनलाइ खासै विश्वास थिएन । तर नेपालकै जेठाे पार्टीले २६ वर्षीया रजनीलाइ टाेखा नगरपालिकाकाे उपमेयरमा अनायासै टिकट दियाे । रजनीले टिकट पाएपछि सबैले उपमेयर काँग्रेसकाे जीत करिब निश्चित भनेर चर्चा गरे ।
मेयर पदका उम्मेदवार हरिहर अधिकारीसँग चुनावी माेर्चामा रजनी हाेमिइन् । सबैतिर रजनीकै चर्चा थियाे । बरू हरिहरकाे बारेमा केही समस्या थियाे । टिकट वितरणमा हरिहरलाइ दिएकाेमा धेरैकाे असहमति थियाे तर रजनीका लागि कुनै असहमति थिएन । चुनाव भयाे, सबैले रजनीले जित्ने अनुमान गरे । मतगणना भयाे ५ वटा वडा गनिन्जेल रजनीकाे अबस्था ठीकै थियाे तर उनकाे अाफ्नै झाेरबाट कम मत अाएपछि सबैजना अाँत्तिए हारिने हाे कि भनेर । तथापि हरिहरले जित्न गाराे भए पनि रजनीले जित्ने नै अनुमान गरेका थिए ।
तर भर्खरै घाेषित परिणामपछि टाेखा नगरपालिकामा एमालेले मेयर उपमेयर जितेकाे समाचारसँगै रजनीकाे सपना ५ वर्षलाइ साकार हुन सकेन । रजनी जम्मा ५१ मतले पराजित भइन् । रजनीले ८०९७ मत ल्याइन् र विजेता बनेकी ज्ञानमाया डंगोलले ८१४८ मत ल्याएर जितिन् । जीतकाे संघारमा अाएर रजनीले जीत पाइनन् । तथापि यी कान्छाे पुस्ताकी प्रतिनिधि पात्रसँग टाेखावासीले ठूलाे भराेसा राखेकाे देखियाे ।
-केशव पाठक