आज राप्रपा नेपाल को रथयात्रा काठमाडौंमा

-कपन अनलाइन संवाददाता

पुस ११ / थानकोट काठमाडौँ /राप्रपा नेपालले करिब १ महिना आधिदेखि हिन्दू राष्ट्रको माग गर्दै सुरु गरेको रथयात्रा मंगलवार राती नै काठमाडौ आइपुगेको छ। मंगलवार राती ११ वजे थानकोट आइपुगेको रथयात्रामा पार्टीका नेता कार्यकर्तादेखि सयौ सर्वसाधारणको सहभागिता रहेको छ। सर्वधर्म समभाव हिन्दुराष्ट्र नेपाल कायम गराउन शुरु भएको जागरण रथयात्रा यसअगि जनकपुर लुम्विनी विन्दवासिनी आदि स्थानको परिक्रमा गरिसकेको छ !

राप्रपा नेपालको प्रचार सामग्री (पोस्टर)

थानकोटमा बिहान धार्मिक अनुष्ठान पछि ९ वजे शुरु हुने रथयात्रा कलंङ्की, कालिमाटी , लगनखेल,  जावलाखेल, थापाथली, त्रिपुरेश्वर हुँदै खुल्लामञ्चमा पुग्ने राप्रपा नेपालका नेता राजाराम श्रेष्ठले कपन अनलाइन लाइ जानकारी दिनुभयो। श्रेष्ठका थप्छन्  पचहत्तर जिल्लाबाटै ल्याइएको जल तथा रथयात्राबाट ल्याइएको जल राखेर पाँच हजार घडामा राखेपछि रथयात्रा पशुपतिनाथतर्फ अगाडी वढ्नेछ। करिव बाह्र बजे शुरु हुने घडा सहितको रथयात्रा रत्नपार्क, बागबजार, डिल्लीबजार, मैतिदेबी, पुरानो वानेश्वर, गौशाला हुँदै पशुपतिनाथ पुग्ने छ। पशुपतिनाथमा दिउँसो तीन बजे धार्मिक विधि सहित रथयात्राको समापन पार्टी अध्यक्ष कमल थापाले गर्ने  श्रेष्ठले बताउनुभयो।

रथयात्रा र कलश यात्राका क्रममा सडक जाम हुन सक्ने प्रति इंगित गर्दै ट्राफिक प्रहरी कार्यालयले  आफ्नो रेडियो कार्य क्रममा मा   सर्व साधारणलाई  वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ

तपाइँको प्रतिक्रिया ।