कपनमा बहुमुखी क्याम्पस खुल्यो
आशिष गुरागाई
पौष १०, कपन काठमाडौँ /कपन बासीहरूको लामो प्रयासको बावजुत कपनमा बहुमुखी क्याम्पस संचालनमा आएको छ , हाल बाल उद्धार उच्च मा. वि. को सुविधा सम्पन्न भवनमा क्याम्पस संचालन हुने भएको छ ! कपन क्याम्पस ले आफ्नो संचालन सँगै शिक्षा संकाय मा स्नातक तह प्रथम वर्षको पढाइ यही पुस १६ गते देखि संचालन गर्ने र सम्पुण कक्षाहरू सन्ध्या कालिन हुने जानकारी क्याम्पस प्रशासन ले कपन अनलाइन लाइ दियो !
कपनमै क्याम्पस संचालन भएको कुरा थाहा पाएपछि एक स्थानीय चण्डिका सापकोटा भन्नु हुन्छ दिउसो आफिस जानुपर्ने र बेलुकी को कक्षा चाबहिल मा मात्र हुनेहुदा बेलुका घर फर्किन यातायात को असुविधा थियो कसरी आफ्नू अध्ययन अगाडिबढाउने भन्ने बारे दुबिधामा थिए, कपन क्याम्पस संचालन हुने भए पछि वहाँ मुस्कुराउँदै भानुहुन्छ मेरो दुबिधा अहिले सुविधा मा परिवर्तन भएको छ !
यसै बीच आज क्याम्पस संचालक समीतिले कपनाका स्थानीय राजनीति दलहरूलाई बाल उद्धार उच्च मा.वि.मा बोलाई क्याम्पस संचालन र भोलिका चुनौती हुरुमा छलफल गरेको छ! छलफलमा कपन गाविसका सचिव लोमस आचार्य लगायत स्थानीय राजनीतिक प्रतिनिधि हरुको उपस्थिति थियो !
छलफल बाट बाहिरिदैं गाविस सचिव आचार्य ले भन्नु भयो शिक्षामा गरिएको लगानीले दक्ष नागरिक उत्पादन गर्ने कुरामा दुई मत छैन । ‘एक थुकी सुकी, सय थुकी नदी’ भनेझैं हामी सबैको यस अभियान प्रति सकारात्मक लगाभग छ ! त्यसैले गाविसले क्याम्पस लाइ ४ लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ!
गाउँमै उच्च शिक्षा तह सम्मको पढाई पढ्न सक्ने भएकाले छाक कटाएर भएपनि क्याम्पस संचालन गर्ने अभियान चलाएका थियौ, आज अभियानले सार्थक स्वरूप लियो, अभिभावकहरुको भनाई छ ।