जुँगेले सबैलाइ पाठ सिकाए !

कपन अनलाइन, काठमाडाैँ । नेपाली कांग्रेसबाट वुनपा वडा नं. ११ मा वडाध्यक्षको आकांक्षी थिए राजेन्द्र अधिकारी जुँगे । अन्तिम अवस्थामा पार्टीले उनलाई टिकट दिएन । उनीसँगै प्रतिष्पर्धि रहेका अच्युत पौडेललाई टिकट दियो पार्टीले । यसरी टिकट नपाउनेहरुको भीडमा जुँगे मात्र थिएनन् । वुनपामा करिब ३ दर्जन व्यक्तिहरु यस्ता थिए जसले आकांक्षा राखेर टिकट पाएनन् । यसरी टिकट टिकट नपाउँदा कतिपय आकांक्षीहरु अझै पनि पार्टीसँग घुर्की देखाएर बसेका छन् । उनीहरु अझै चुनावी प्रचारप्रसारमा जुट्नसम्म सकेका छैनन् ।

यो टिकट नपाउनेहरुको भीडमा राजेन्द्र अधिकारी जुँगे भने बाँकी सबैलाई पाठ बनेर बसेका छन् । उनले भने, ‘टिकट एकजनाले पाउने हो, मैले पाइन भन्दैमा पार्टीलाई घुर्की लगाएर चुनावमा नहिँड्दा पार्टी कमजोर हुन्छ । म त्यसो गर्न सक्दिन ।”

टिकट अरुले पाएको भोलिपल्ट नै जुँगे भने नेपाली कांग्रेसको प्रचारप्रसारमा जुटे । टिकट पाउनेदेखि टिकट नपाएर घुर्की देखाउनेहरुबीचको पुल बन्ने काम गरे जुँगेले । उनी भन्छन्, अबको मुख्य कुरा भनेको पार्टीलाई जिताउने हो । कसले टिकट पायो भनेर बस्ने बेला हैन ।

जुँगेको यो पार्टीप्रतिको वफादारिताको क्षेत्र नं. ४ भरी चर्चा चलेको छ । राजनीतिमा सानो सानो पद नपाउँदा पार्टी छाड्नेसम्मको चर्तिकला देखाउने समाजमा जुँगेले पार्टीप्रति देखाएको वफादारितालाई क्षेत्रीय सभापति तथा वुनपामा मेयर पदका प्रत्यासी राजु श्रेष्ठले पनि प्रशंसा गरे । “उहाँबाट हामीले सबैले सिक्न आवश्यक छ,” राजुले भने ।

यतिबेला राजेन्द्र अधिकारी जुँगे वुनपा ११ मा चुनावी प्रचारप्रसारमा मात्र हैन अन्य पार्टीमा रहेका मानिसलाई पनि नेपाली कांग्रेसभित्र प्रवेश गराउने काममा जुटेका छन् । जुँगे भन्छन्, “सबैलाई जोड्ने र जुटाउने कांग्रेसले नै हो र म कांग्रेसको सिपाही हुँ ।”

तपाइँको प्रतिक्रिया ।