शिक्षा र जनचेतनाको अभावका कारण महिला हिंसा बढ्यो

कपन अनलाइन 

एसपी यादव

सर्लाही, चैत १८ गते । १०७ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले छोरालाई बंशको टीका र छोरीलाई बन्चरोसँग तुलना गर्ने संस्कारको अन्त्य नभए सम्म महिला हिंसा नरोकिने कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

मधेसमा सामाजिक कुप्रथाका कारण पनि महिलामाथि बढी हिंसा हुने गरेको छ । संविधानमा तोकिएअनुसारको प्रावधान व्यवहारमा लागु नहुँदा महिला पिडित बन्न पुगेको महिला तथा बालबालिका कार्यालयका प्रमुख रंजु रेग्मीले बताएकी छन् । ‘कानुनलाई प्रभावकारी रुपमा लागू गरिनु पर्ने र हिंसा गर्नेलाई कडा कारवाही नहुन्जेल सम्म हिंसा कम हुनेवाला छैन’, रेग्मीले भनिन् ‘सम्मान पुरुषलाई मात्र होइन् महिलालाई पनि गरिनु पर्छ ।’ आँखा लोभी मन पापी भएर यस्तो अवस्था भएको हो र बाल विवाहले गर्दा पनि बढी महिला हिंसा हुने गरेको बताए ।

महिलालाई सम्मान गर्ने कुरा व्यवहारमा नउतारेसम्म महिलाले न्याय नपाउने प्रमुख जिल्ला अधिकार प्रदिपराज कडेलले बताएका छन् भने समाज भएको कतिपय पुराना मूल्य मान्यतालाई परिवर्तन गर्न जरुरी भएको सर्लाही प्रहरी प्रमुख एसपी उतम सुवेदीले बताए ।

जिल्लामा शिक्षा र जनचेतनाको अभावको कारण महिला हिंसा बढी हुने गरेको कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।