पारसका विरुद्ध उर्लिए खनाल
राजा भक्त राम प्रसाद खनालले कित्ता परिवर्तन पारसलाई गालि गर्दै गणतन्त्रवादी बन्ने ढोङ्ग
युवराजको निवासमा “३ दशमलब १० ग्राम ” गाँजा फेला परेको छ । समाचार लेख्नेले यो कुरा बुझ्नु जरुरी छ कि थाइलाण्डको कानून अनुसार गाँजा सेवन गर्नेलाई ढरौटीमा रिहा गर्दैन पहिलो कुरा ।
दोश्रो कुरा युवराज पारस लागु औषधी मुद्धामा तारिख धाउँदै भनेर भनिएको छ । जुन कुरा सरासर गलत हो भन्ने कुरा थाइ अदालतमा सोधपुछ गरे हुन्छ । किनकी कुनै पनि अदालतमा युवारजको मुद्धा परेको छैन ।
तेश्रो कुरा गाँजाको जुन परिमाण समाचारमा भनिएको छ त्यो एउटा चुरोटमा रहेको सुर्ति बराबर हुनेछ । अब भन्नुस युवराजको घरमा यति सानो परिमाणमा गाँजा रहेको छ भनेर थाइ प्रहरीलाई पुलिसलाई खबर कसले गर्यो होला र यदी युवराज गाँजा सेवन गर्ने ब्यक्ति भएको भए युवराजको घरमा गाँजाको पोका पोका नै भेट्नु पर्ने हो नि किन भेटिएन !
चौथौ कुरा यदी थाई प्रहरीले छापा मारेको नै हो भने युवराजले छापा पर्दा यति थोरै मात्र रहेको गाँजालाई लुकाउन नसक्ने हो र ?
त्यसैले अहिले नागरिक र नयाँ खबर पत्रिकाले आफ्नो प्रमुख समाचारको रुपमा युवराजको फोटो सहित जुन समिाचार प्रकासित गरेको छ त्यो आफ्नो पत्रिकाको बिक्रि बढाउन वा विदेशी वा स्वदेशी राजसंस्था विरोधी तत्वको निर्देशनमा भएको र जनतालाई राजसंस्थाप्रति भ्रममा पार्ने सिवाय अरु केही होइन । तसर्थ हामी यसप्रति घोर निन्दा र भत्र्सना गर्दछौं ।
अहिले मुलुकमा दलहरु असफल भई देश बर्बाद हुन लागेको समयमा नेपाली जनताले राजसंस्थाले मात्र देशलाई बचाउन सकिन्छ भनेर राजसंस्थाको माग र चाहना गरिरहेको समयमा र समाचारमा नै लेखिएको छ कि यो तीन साता अघि भएको घटना हो । यदी ३ साता अघि नै भएको भनेर समाचारमा लेख्नेहरुले तीन साता अघि नै यो समाचार किन प्रकासन गर्न सकिएन रु साथै अहिले जुन समाचारहरु नेपाली खबरहरुमा आए त्यो खबर अहिले सम्म थाइलाण्डमा प्रकासित कुनै पनि थाइ पत्रिकाहरुले समाचार किन प्रकासित गरिएन रु तसर्थ अचानक युवराजलाई बद्नाम गराई समग्र राजसंस्थाविरुद्ध नेपाली जनतामा भ्रम र धृणा फैलाउने षडयन्त्र अनुरुप यसरी समाचार आएको हो । अहिले दल र राष्ट्रपति बिचमा सत्ताको लडाइ चलिरहेको समयमा जनता राष्ट्रपति र दलहरुको सत्तालिप्साबाट आजित भइ राजसंस्थाको नै तिबै चाहनाको समयमा यो समाचार आउनुले नेपाली जनता र राजसंस्थाको पुन मिलन होस् भनेर नचाहने , विदेशीहरुको निर्देशनमा मुलक चलोस भनेर चाहने स्वदेशी र विदेशी दलालहरुको षडयन्त्र अनुरुप नेपाली जनतालाई भ्रममा पार्ने र राजसंस्थालाई बद्नाम गराउने सिवाय अरु केही होइन भनेर स्पष्ट हुन्छ ।
तसर्थ अहिले जुन समाचारहरुले युवरजाकोबारे लेखे ती मिडियाहरुले देश र जनताको विरुद्ध षडयन्त्र गरिरहेका छन् । यी सबै कुनै विदेशी शक्तिबाट परिचालित पत्रिका हुन भनेर स्पष्ट भएको छ । जसको हामी घोर विरोध र यस्ता राष्ट्र र जनतालाई भ्रमित गर्ने पत्रिकालाई बहिस्कार गर्न सबै नेपाली जनतामा आह्वान गर्दछौं ।
केही समय पहिले पनि युवराजलार्इृ नक्कली भारुको कारोवार गर्ने भनेर समाचारहरु प्रकासित भएको थियो जुन पछि गलत साबित भयो । अहिले पुन युवराजलाई नै बलिको बोका बनाएर राजसंस्थालाई कमजोर बनाउने र भ्रम फैलाउने षडयन्त्र भएको छ । मुलुक सफल भइरहेको समयमा अब मुलुकलाई बचाउन राजसंस्था मात्र एक सच्चा राष्ट्रवादी शक्ति रहेको समयमा राजसंस्था र जनता मिलेर देशलाइृ बचाउयने कार्यमा लाग्ने समयमा राजसंस्था विरुद्ध भ्रम र घृणा फैलाउने कार्य गरेर देशलाइृ गृहयुद्धमा धकेलेर परतन्त्र बनाउने षडयन्त्रमा लागेका विदेशीहरुको दलाली गर्दै आएका समाचारको हामी घोर विरोद्ध गदै तत्काल माफी माग्न हामी जोदार माग गर्दछौं ।
..