७२ वर्षका वृद्धाले गरे रक्तदान

मंसिर १६, कपन
कपन सुकेधारा क्षेत्रमा विहान मर्निङ्ग वाकमा हिड्ने समुह शुभ प्रभात नेपालले शनिबार आकाशेधारामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा ७२ वर्षका दिव्य मान दिक्षितले जेष्ठ नागरिकका रुपमा रक्तदान गर्नुभएको जनाईएको छ । सो अवसरमा प्रमुख अतिथीका रुपमा बरिष्ठ स्त्रीरोग विशेषज्ञ भोला रिजालको उपस्थिती रहेको थियो । सो अवसरमा १३२ औं पटक रक्तदान गरिसक्नुभएका बागबजार निवासी प्रेम सागर कर्माचार्यलाई सम्मान गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा १३७ जना रक्तदाताले रक्तदान गरेको संस्थाका महासचिव गणेश मिश्रले कपन अनलाईनसंगको संक्षिप्त कुराकानीमा बताउनुभयो ।

‘स्वास्थ्य जिवनको आधार, विहानी यात्रा नै पुर्वाधार’ भन्ने मुल मन्त्रका साथ कपन–सुकेधारामा अवस्थीत व्यक्तिहरुले विहानी पद्यात्राको लागी भनि शुभ प्रभात नेपाल नामक संस्था २०६६ सालमा दर्ता भएको बताइएको छ । हाल यस संस्थाको अध्यक्षमा द्रोण प्रसाद अधिकारी तथा उपाध्यक्षमा बैकुण्ठ प्रसाद अधिकारी रहेका छन् । कार्यक्रमको सञ्चालन भने संस्थाको महासचिव गणेश मिश्रले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।