कुलमान घिसिङलाई म्यागासेसे पुरस्कारका लागि मनोनयन
कपन अनलाइन, काठमाडौँ । नेपालको डरलाग्दो लोडशेडिङलाई अन्त्य गर्न ठूलो भुमिका निभाएर नेपालीहरूको दिलमा बास बसेका कुलमान घिसिङलाई एसियाको नोबेल पुरस्कार भनिने रोमन म्यागासेसे पुरस्कारका लागि मनोनयन गरिएको छ । आउँदो चैत १ बाट देशभरी लोडशेडिङ अन्त्य गर्न लागिएको अवसरमा रोमन म्यागासेसे पुरस्कारमा मनोनयनलाई महत्वका साथ हेरिएको छ ।
नेपालका लोडशेडिङ अन्त्य एक चमत्कारको रूपमा हेरिएको अबस्थामा यति ठूलो पुरस्कारमा मनोनयनलाई घिसिङले सबै नेपाली तथा प्राधिकरणका साथीहरूको देन बताएका छन् । फेशबुक पेजबाट जानकारी दिँदै घिसिङले सबैलाई धन्यवाद दिएका छन् ।
तपाइँको प्रतिक्रिया ।