गोकर्णेश्वर नगरपालिकाले वागमती सरसफाईको २०० औँ विशेषरुपमा चलाउने

कपन अनलाइन 

वागमती सरसफाई अभियानको २०० औँ हप्ता हो । सिंगो काठमाडौं मात्र नभै देशभरका सबै जनता र सबै निकायले बागमती सरसफाईमा चासो राखे । सुन्दरीजलदेखि चोभारसम्म चलिरहेको वागमती सरसफाई अभियानको २०० औं हप्ता अझ विशेष बनाउने तयारी भैरहेको छ । सरकारी निकायदेखि निजी क्षेत्र, हस्पिटल तथा बैंकहरुले पनि यो विषयमा सक्रिय सहभागिता राखेका छन् । 

वागमती सफाई अभियानको २०० औँ हप्ताको कार्यक्रम महत्वपूर्ण र विशेष बनाउनका लागि काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले विशेष चासो देखाएको छ । नगरप्रमुख इन्द्रकुमारी थपलियाका अनुसार कार्यक्रम सफल बनाउन नरपालिकाले उपसमिति गठन गरेको छ ।

सुन्दरीजलको मुहन नै गोकर्णेश्वर नगरपालिकामा पर्ने भएकोले मुहानदेखि जोरपाटीसम्म हुने सरसफाइलाई महत्वका साथ अग्रसरता देखाउने नगरपालिकाको योजना रहेको थपलियाले बताइन् । सुन्दरीजल–गोकर्ण र गोकर्ण–जोरपाटीको कार्यक्रममा नगरपालिकाको विशेष सहभागिता रहनेछ । स्थानीय जनताका साथै राजनीतिक दलहरु, संघसंस्थाहरुलाई पनि सहभागि बनाउन विशेष तयारी भएको कार्यकारी अधिकृत थपलियाले बताइन् ।

तपाइँको प्रतिक्रिया ।