मेयर को दाबेदारी किन ?

कपन अनलाइन, काठमाडौँ । स्थानीय निकाय निर्वाचन विशेष लेख ।
-बिचार/ब्लग बिजेन्द्र पुडासैनी

हिजो आज सामाजिक संजाल बाट मेयर उपमेयर वडा अध्यक्षलगायतको पदमा उम्मेदवारी दिनेहरुको संख्या बाक्लिदै गएको महसुस गर्दै गर्दा एउटा प्रश्नले सधै जवाफ मागिरहन्छ “यो दाबेदारी के का लागि ? स्थानीय चुनाबको मिति घोषणा भएकोले पनि शायद राजनीतिक समय चलायमायान भएको पनि हुन सक्छ । हुनत दुई दशकदेखि हुन नसकेको स्थानीय निर्बाचन अब हुने भएकाले शायद कति पाए मानिसहरुको लागि आफ्नो सपना साकार पर्ने मौका आएको पनि हुन सक्छ । कल्पनामा मै रहेर सोच्ने हो भने यदि स्थानीय निकायको चुनाब समय मा नै भएको भए देशमा शान्ति ब्यबस्था कायम भएको भए आज मेयर पदका दाबेदार कोही मन्त्रिपरिषद्को सदस्य भैसकेका हुने थिए । तर यथार्थमा यस्तो बिल्कुल भएन देशमा के के भयो त्यो सब हामीलाई थाहा नै छ ।

 
हिजो तराइमा हिंसात्मक आन्दोलनको अर्को रुप देखियो अनि फेरी सामाजिक संजाल त्यही सेरोफेरोमा केन्द्रित हुन् पुग्यो । हामी सबैमध्ये धेरैलाई अधिकांश घटनाक्रमप्रति टिका टिपणी गर्नै पर्ने आफ्नो धारणा पेश गर्ने पर्ने तर बिडम्बना तराईको जायेज मागलाई सम्बोधन गर्ने बाताबरण बनाऊ भन्यो भने दलालको पगरी भिडाई दिने मधेसी मोर्चालाई केहि भन्यो भने सामन्तिको पगरी थमाई दिने कस्तो अवस्था सिर्जना भएको सामाजिक संजाल मा । स्थानीय निकायको निर्बाचन हुने नहुनेमा अब सबैजना आफ्नो राय ब्यक्त गर्दै गरेको देखिदै छ ।

 

यो लेख बिशेष गरी बुढानिलकण्ठ नगरपालिकाको मेयर पदलगायत अन्य पदको दाबेदारी गर्ने परिपाटीको उपज केन्द्रित रहेको छ । बिभिन्न राजनीतिक पार्टीका बिभिन्न ब्यक्तिहरुले बुढानिलकण्ठ नगरपालिकाको मेयर बन्ने सोच राख्दै आआफ्ना सामाजिक संजालमा आफ्नो दाबेदारी प्रस्तुत गरे पछि को भन्दा को कमको माहौल सिर्जना भएर धेरै दबेदारीहरु आएका हुन् ।

 
दुई दशक अगाडिको माहौललाई समिक्षा गर्दा साबिकको कपन गा.बि.समा नेपाली कांग्रेशबाट आत्माराम पौडेल साबिकको चुनिखेल गा.बि,समा नेपाली कांग्रेसका न्हुच्छेनारायण श्रेष्ठ साबिकको महांकाल गा.बि.समा नेकपा एमालेका कुसुमकुमार कार्की साबिक खडगाभद्रकाली गा बि समा ने क पा एमालेका पहलमान खड्का साबिक चपली भाद्रकाली गा बि समा ने क पा एमालेका उद्धब खरेल र साबिक बिष्णु बुढानिलकण्ठ गा .बि .समा ने क पा एमालेका बालकृष्ण श्रेष्ठ बिजयी भएका थिए ।

 

स्थानीय निकायको चुनाबको कसरतमा मेयर पदका लागि पुराना खेलाडीसंगै नयाँ खेलाडीहरु पनि टिकटको रेसमा दौडिन थालिसकेका छन् । कुन खेलाडी कुन ट्रयाकमा दौडिरहेका छन् कसको टिकेट जित्ने सम्भावना प्रबल रहेको छ भन्ने प्रसंगमा बिशेषतः कांग्रेशतर्फका खेलाडीहरु को बारे यो भन्दा पहिले पनि बताई सकेको छु । ने क पा एमाले को तर्फबाट पनि सम्भावित उम्मेदवारहरु को को हुन् ? कुन उम्मेदवारले टिकेटको रेस जित्ने सम्भावना प्रबल रहेको प्रसंगमाथि पनि नगरबासी जानकार नै छन् । ने.क पा माओवादी केन्द्र पनि कसरतमा लागि सकेको छन् । ने.क पा मावोबादी केन्द्रका प्रतिनिधिहरुको सामाजिक संजालबाट प्रस्ट हुन्छ । राप्रपाको तर्फबाट सकुल शाह ठकुरी पनि यो दौडको कासरतमा लागिरहेको राप्रपा निकट श्रोत बताउँछ ।

 

चुनाबी प्रक्रिया के कसो हुने हो भनेर ठ्याक्कै अनुमान लगाउन त शायद भगवान इन्द्रले पनि सक्दैनन् होला तर पनि शक्ति केन्द्र धाउने खेलाडीहरु धाउदै छन् ? यसपटक यदि चुनाब भैहाल्यो भने पनि नेपाली कांग्रेश र ने क पा एमाले बीच नै प्रतिस्पर्धा हुने देखिन्छ । ने .क .पा माओवादी केन्द्र पनि आफ्नो लागि उपयुक्त समय हेर्दै बसेको छ । रा.प्र.पाको एकिकरणपश्चात यसपटकको चुनाबमा त्यसको असर पक्कै नेपाली कांग्रेश र ने क पा एमाले लाई पर्ने देखिन्छ ।

बिजेन्द्र पुडासैनी
-दृष्टिकोण

नेपाली कांग्रेशको तर्फबाट मेयर पदको टिकटको लागि शक्ति केन्द्रसँगको सामिप्यताले महत्वपूर्ण भूमिका खेल्ने गरेकोमा दुई मत छैन । चाक्सीबारी केन्द्र र रातोपुल केन्द्र बीचको शक्तिशाली भनेर भनि हाल्ने अवस्था नहुँदै काठमाडौँको टिकेटमा चाक्सीबारी नै बलियो भएको आंकलन काठमाडौका बिभिन्न निर्बाचन क्षेत्रका घटनाक्रमले जगजाहेर गरेको सबै सम्बन्धितहरुलाई ज्ञात नै छ । सोहिी बमोजिम ने क पा एमाले मा पनि बालकोट लगायतका शक्ति केन्द्रहरु रहेका छन् । अब शक्ति केन्द्रका प्रिय पात्र को को छन् ? मेयर को पद पाउन उम्मेदवारहरुको न्युनतम योग्यता के के हुनु पर्ने हो ? के मेयर पदको दाबी गरिरहँदा ती दाबी गर्ने पात्रहरु बुढानिलकण्ठ नगरपालिकाको मेयर बन्न सच्चा लायक छन् त ?

 
कोइ प्रकाशमान सिंहको उम्मेदवार कोही गगन कुमार थापाको उम्मेदवार कोही सबुज कृष्ण बानियाँको उम्मेदवार कोही माधब कुमार नेपालको उम्मेदवार कोही झलनाथ खनालको उम्मेदवार कोई के.पी ओलीको उम्मेदवार कोही कमल थापाको उम्मेदवार । सबैजना आफ्नो आफ्नो निकटतम नेताहरुको भरोसामा बुढानिलकण्ठ नगरपालिकाको मेयर बन्ने रेसमा लागेकाहरुलाई ४२,००० मतदाता रहेको बुढानिलकण्ठ नगर मेयरको दाबेदारी पेस गरिरहँदा दुई दशक अगाडि जन्मेर यस पटक स्थानीय निर्बाचन भए पहिलो पटक भोट हाल्दै गरेका ती ४२००० मध्यका युवा हरुलाई कसरी सम्बोधन गरी अगाडी बढाउने भनेर सोचेका होलान ?

 

बुढानिलकण्ठ नगर बासिन्दाहरुलाई सेवा सुबिधा दिने बारे, बुढानिलकण्ठ नगरपालिकाको गुरु योजना के कस्तो बनाउने भनेर सोचेका होलान त ? बुढानिलकण्ठ नगरपालिकाको लागि स्थानीय जनताले कस्तो ब्यक्तिलाई बुढानिलकण्ठ नगरपालिकाको मेयर देख्न चाहेका छन् भन्ने कुरा बुझेर आफ्नो दाबेदारी पेश गरेका हुन् त ? अब समय पनि दुई दशक अगाडी जस्तो पक्कै छैन । सामाजिक संजालमा मेयरको उम्मेदवारी दिँदै कतै आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्न खोजिएको त हैन भनेर पनि बहस हुन थालिएको छ ।

 
बुढानिलकण्ठ नगरबासी भएर बुढानिलकण्ठको विकास अनि बुढानिलकण्ठका बासिन्दाहरुको हक र हितका लागि कामगर्ने नेतृत्व प्रदान गर्न सक्ने खुबी भएको मानिसलाई जनताले पक्कै पत्याउने छन् । सँधै शक्ति केन्द्रका नेताहरुको आशिर्बादबाट प्राप्त हुने टिकेट पाउन ध्येय राख्ने सोच बनाएर वा यदि कहिँकसै गरि बुढानिलकण्ठको मयेर बनि मयेर पदको सुबिधा लिने ३० करोडको बजेटबाट बिकाश निर्माणको काम गर्ने लगायतका दिवा स्वप्न देखेर मेयर हुने आकांक्षा राखेर समाजिक संजालमार्फत आफ्नो दाबेदारी दिने दाबेदारहरुले यो लेख पढे भने पक्कै पनि ममाथि पनि आरोपको तील जसै पहाड थुपार्ने छन् ।

 
यो लेखक पक्का मेरो बिरोधि हो । सकारात्मक तरिकाबाट सोच्ने फुर्सद शायद अहिले हुने पनि छैन किनकी चुनाबको रेस मा दौडिनु छ । सम्बृद्ध नगरपालिका बन्न सक्ने सम्भावना बोकेको बुढानिलकण्ठ नगरपालिकाको बृहतर हित सोच्न अनि दुरदर्शी सोच भएको मेयर के यो नगरबासीले पाउलान शक्ति केन्द्रको पछाडि लागेर टिकेट लिने उम्मेदवार नेताका प्रिय पात्र भएको शंखघोष गर्दै बस्छन् कि जनताको बफादार बनेर नगरपालिका बनाउन तर्फ लाग्छन ।

 
प्राचिन एतिहासिक धार्मिक धरोहरहरु ,बागमती , रुद्रमति र विष्णुमती नदीको उद्गमस्थल रहेको नगर पालिकाको धार्मिक सम्पदाको सम्रक्षण कस्तो भएको छ ? यसै नगरमा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जबाट नगरबासीको जीबनस्तर कसरी उन्नत बनाउन सक्ने भनेर योजना बनाउन सक्ने खुबी भएकोउम्मेदवार मेयर भएको हेर्न नगरबासी चाहन्छन किनकी नगर भित्र सबै जनता राजनीतिक दल का कार्य कर्ता मात्र छैनन जनता पनि छन् भनेर युवा हरु समेत आफ्नो सामाजिक संजाल मा लेख्न थालिसकेका छन् ।

 
निश्चित प्रसंग के हो भने हिजो को दिनमा जसरी गाविस संचालन भएको थियो नगरपालिका त्यो तरिकाबाट संचालन गर्न पक्कै सकिन्न तसर्थ बुढानिलकण्ठ नगरपालिका को मेयर पदको दाबेदारी सामाजिक संजालमा दिनु अगाडि आफ्नो दाबेदारीको उपजको कारण पनि प्रस्तुत गरे जनतालाई मेयर छनौट गर्न सहज हुने थियो की ।

तपाइँको प्रतिक्रिया ।