बुढानिलकण्ठ नगरपालिकामा अब १३ वटा वडा, ६ वटा वडा काटियो !

कपन अनलाइन, काठमाडौँ । १९ वटा वडा भएको बुनपा अब १३ वटा वडामा सिमित भएको छ । स्थानीय निकाय चुनावको पूर्व सन्ध्यामा भएको यो परिर्वतनले पार्टीहरुको चुनावी रणनीतिमा समस्या पर्ने देखिएको छ ।

 
बुनपामा सबैभन्दा धेरै वडाको हैसियत राख्ने तत्कालिन कपन गाविस अब ३ वटा वडामा मात्र सिमित हुन पुगेको छ । कपनभित्र पर्ने बुनपा वडा नं. १३, १८ र १९ लाई एक बनाएर अब वडा नं. ११ बनेको छ । त्यसैगरी साविक चुनिखेल गाविस २ वटा वडाबाट एउटामात्र वडामा सिमित हुन पुगेको छ भने चपली र महांकाल ३ ३ वडाबाट २ २ वटा वडामा समेाटिएको छ । त्यसैगरी साविक विष्णुबुढानिलकण्ठ ३ वटा वडा र खड्का भद्रकाली २ वटा वडा भने यथावत रहने गरी अबदेखि बुनपामा १३ वटा वडा रहने छ ।

 
नयाँ वडा बिभाजनअनुसार अबदेखि साविक चपली गाविस वडा नं. १ र २, साविक विष्णुबुढानिलकण्ठ ३,४ र ५, साविक खड्का भद्रकाली ६ र ७, साविक महांकाल ८ र ९, साविक कपन गाविस १०, ११ र १२ साथै साविक चुनिखेल गाविस १३ नं. वडामा परेका छन् ।

तपाइँको प्रतिक्रिया ।