संबिधान र संघीयता कार्यान्यन गर्न ३ वटा निकायको निर्वाचन अनिर्वाय ः पोख्रेल

संबिधान र संघीयता कार्यान्यन गर्न ३ वटा निकायको निर्वाचन अनिर्वाय ः पोख्रेल

कपन अनलाइन

मिन ठकुरी

धनगढी, २ फागुन । नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोख्ररेलले संबिधान र संघीयता कार्यान्यन गर्न ३ वटा निकायको निर्वाचन अनिर्वाय भएको बताएका छन् ।

 
सोमबार प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार बिभिन्न बहाना गरेर चुनावबाट भाग्ने प्रयास गरिरहेको आरोप लगाए । नेता पोख्ररेलले संबिधन संशोधन बिधेयक सरकारले फिर्ता लिएर वा यथास्थितीमा राखेर तत्काल चुनावमा जानुको बिकल्प नभएको बताए ।

 
चुनावका लागि नेकपा एमालेले जस्तोसुकै सहयोग गर्ने बताउँदै उनले अहिले मधेश र तराईका जनताहरु पनि चुनावको पक्षमा रहेको उल्लेख गरे । उनले कांग्रेस र माओवादीका कारण अहिले देशमा समस्या आएको आरोप लगाए ।

 

सरकारले केही दिन भित्र चुनावको मिति घोषणा नगरे एमालले सडक र संसद मार्फत सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए । अहिले सरकारका गतिबिधि हेर्दा सरकारको औचित्य नै समाप्त भईसकेको बताउँदै नेता पोख्ररेलले अहिलेको सरकार परराष्ट्र नितीमा समेत बिचलित भएको आरोप लगाए ।

तपाइँको प्रतिक्रिया ।