काठमाडौंमा माघ २८ गतेदेखि निर्वाचन क्षेत्र स्तरीय नवौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताहुने
कपन अनलाइन
माघ २१ , काठमाडौँ । निर्वाचन क्षेत्र स्तरीय नवौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताका खेलहरु माघ २८ गतेदेखि काठमाडौंमा संचालन हुँदैछ ।
युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रम, राष्ट्रिय खेलकुद परिषदको साझेदारी र जिल्ला खेलकुद विकास समिति काठमाडौँको आयोजनामा हुने प्रतियोगितामा काठमाडौँ जिल्लाका सामुदायिक तथा निजी विद्यालयहरूको सहभागिता रहने जनाइएको छ ।
प्रतियोगितामा छात्र छात्रा भलिवल, कबड्डी हाइजम्प, लङ्ग जम्प, एथ्लेटिक्स तर्फ १ सय २ सय, ४ सय, ८ सय, १५सय, ३ हजार मिटर दौड, रिलेतर्फ ४ सय र १६ सय मिटर दौड साथै छात्र छात्रा हाइजम्प लङ्ग जम्प, त्रिपल जम्प, ज्यापलिङ्ग थ्रो सटफूट, सितोरिया कराते तेक्वान्दो र उसु जस्ता खेलहरु समावेस गरिएको जिल्ला खेलकुद विकास समिति काठमाडौँका अध्यक्ष धुर्व राज न्यौपानेले कपन अनलाइन बताए।
तपाइँको प्रतिक्रिया ।