संबिधान संसोधन प्रस्तावको बिरोधमा एमालको कोणसभा

संबिधान संसोधन प्रस्तावको बिरोधमा एमालको कोणसभा

कपन अनलाइन 

काठमाडौँ  सरकारले ल्याएको संबिधान संशोधन प्रस्तावको विरुद्ध एमालले गाउँगाउँमा कोणसभा गरेर जनतालाई सूसुचित गराएको जनाएको छ ।आज क्षेत्र नं. ४ कपनको मिलनचोकमा भएको कोणसभामा बोल्दै एमाले नेता केशब बढालले संबिधान संशोधन विदेशी इशाराबाट आएको बताए ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ मिलनचोक मा गरिएको कोण सभालाइ सम्बोधन गर्दै एमाले नेता केशव बडाल

बडालले एमालले अभियानको बारेमा बोल्दै हाम्रो अभियान कसैका बिरुद्ध नभएको र राष्ट्रिय एकताको पक्षमा भएको बताए । बढालले तराइको विपक्षमा एमाले छ भन्ने दुष्प्रचार भ्रामक भएको भन्दै एमाले ५०० वर्ष पूरानो मधेशको पक्षमा भएको बताए । कार्यक्रमलाई उद्धव खरेलले पनि सम्बोधन गरेका थिए ।

धुम्बाराही पिपलबोटमा नेकपा एमालेले गरेको कोण सभा तस्विर : देवराज तामाङ

त्यसैगरी धुम्बराही पिपलबोटमा भएको अर्काे कोणसभालाई सम्बोधन गर्दै एमाले नेता तथा तीन नम्बरप्रदेश सदस्य नारायण सिलवाल र शिवकुमारी खनालसहितका बत्ताहरुले सभालाई सम्बोधन गरेका थिए । उनीहरुले सम्बोधनमा अंगिकृत नागरिकताले देश लथालिंग हुदै गएको औंल्याउँदै बिहान बिहे गर्ने दिउँसो अंगिकृत नागरिकता लिने र साँझ मन्त्री हुने व्यवास्थलाई अनुमोदन गर्न नसकिने बताए ।

कोण सभा संचालन गर्दै नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ का संयोजक नवराज भट्टराई

वक्ताहरुले आगामी २२ गते टुडिखेलमा हुने सभामा उपस्थित हुन अनुरोध गर्दै सबै नेपालीलाई एमाले भए पनि नभए पनि राष्ट्रियताको पक्षमा हुनुहुन्छ भने कार्यक्रम आइदिन अनुरोध गरेका छन् । आगमी २२ गते एमालेलगायत ९ दलले राजधानीमा संयुक्त सभा आयोजना गरिएको छ ।

धुम्बाराही पीपलबोटमा एमालेले गरेको कोण सभामा उपस्थित सर्वसाधारण हरु । फोटो : देवराज तामाङ

त्यस्तै आजै क्षेत्र नं. ४ को चुनिखेलमा भएको कोणसभामा एमाले नेता निर्मल कुइकेलले सम्बोधन गरेका थिए । आजै भएको मण्डिखाटार कुमारी मन्दिरको कार्यक्रममा नेता टंक कार्कीले सम्बोधन गरेका थिए ।

भोलि पुष २१ ग्ते मैतीदेवीचोकमा डा राजन भट्टराईले सम्बोधन गर्ने, भगवतीबहालमा निर्मल कुइकेलले सम्बोधन गर्ने, चपलीमा केशव बडालले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । भोलि साँझ नै हुने अरु कोणसभाहरुमध्ये चावहिलमा केशव बडाल, गोल्फुटारमा टंक कार्की, आकाशेधारामा राजन भट्टराईले सम्बोधन गर्ने एमाले क्षेत्र नं. ४ सचिव ध्रुवराज न्यौपानेले कपन अनलाइनलाई बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।