रेकर्ड धारी आमाहरु
कपन अनलाइन
१६ पुस । विवाहित महिलाहरू आमा बन्ने खुसीको विषय र कुरा सामन्य पनि मानिन्छ । दुनियाँमा आमा बनेका घटनाहरू यस्ता खाले घटनाहरु छन् । जसले सबै जनाको दिमागलाई गोल-गोल घुमाएको छ । आज हामीले दुनियाँका अलग आमाहरूको बारेमा चर्चा गर्ने प्रयास गरेका छोै । जसले दुनियाँलाई हैरान बनाए ।
लीना मेडिना सानै उमेरमा आमा बनिन् । उनी आमा बन्दा उनको उमेर मात्र ५ वर्षको थियो । अचानक पेट बढ्न थालेपछि उनि डाक्टरी परीक्षण गर्न पुगिन् परीक्षण गर्दा पत्ता लाग्यो, उनको पेटमा बच्चा छ । तिनले पछि एक स्वस्थ बच्चा जन्म दिइन् ।
रूसकी शूया फयोडोर वसिलिवले धेरै ओटा बच्चा जन्माएर रेकर्ड राखेकी छिन् । उनले ६९ बच्चाहरू २७ डेलीबरीमा जन्माएकी थिइन् । उनले १६ पटक जुम्ल्याहा,७ पटक तिन र ४ पटक ४ बच्चा भएका जन्माएकी थिइन् ।
सन् २००८ मा ७० वर्षीया एक महिलाले बच्चा जन्माएकी थिइन् । उनी भारतको हरियाणा, हिरास गाउँकी राजादेवी लोहान नाम गरेकी महिला हुन् ।
४१ वर्षको जन्मान्तरमा बच्चा जन्माएपछि एन बटल नामक महिलाले अधिक जन्मान्तरमा रेकर्ड राखेकी छिन् । उनले सन् १९५६ मा पहिलो बच्चा जन्माईन् । भने दोस्रो बच्चा सन् १९९७ मा जन्म दिएकी थिइन् ।
एजेन्जी हरुको सहयोगमा कपन अनलाइनले तयार परेको रिपोट