दुई बर्षपछि आमा बन्छु : रेखा थापा

दुई बर्षपछि आमा बन्छु : रेखा थापा

कपन अनलाइन 

गणेश आचार्य

दाङ ,१६ पुस  । चलचित्र निर्माता छविराज ओझासंग सम्बन्ध बिच्छेद गरी एक्लो जिवन बिताइरहेकी नायिका रेखा थापाले दुइ बर्ष भित्र आमा बन्ने बताएकी छन् ।

चलचित्र पत्रकार संघ दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा नायिका थापाले अरु नारीलाई जस्तै आफूलाई पनि आमा बन्ने रहर भएको भन्दै अबको एक बर्षमा बिहे गर्ने र अर्को बर्ष आमा बन्ने बताइन् । उनले आफ्नो बिहे गर्ने उमेर भर्खर भएको समेत बताइन् । “नारी श्रृटीकार्ता हुन् । अरु महिलालाई जस्तै मलाइ पनि मान्छे श्रृटी गर्ने मन छ । ”पत्रकार सम्मेलनमा उनले भनिन्,“अब एक बर्ष भित्र बिहे गर्छु । अर्को बर्ष बच्चा जन्माउँछु ।”

अको एक प्रसंगमा केही हप्ता पहिले मात्रै माओवादीबाट राप्रपामा प्रवेश गरेकी नायिका थापाले अवसरको खोजीमा राप्रपामा प्रवेश गरेको बताइन । “म अवसरको खोजी गर्ने मान्छे हुँ ।” उनले भनिन्,“देशको नीति निर्माण तहमा पुग्न राप्रपामा अवसर पाइने ठानेर प्रवेश गरेकी हुँ ।”माओवादीले एजेन्डा भन्दा बाहिर गएर काम गरेकाले पनि माओवादी छाडेको उनको भनाई छ ।

नायिका थापा कोठरीमा भइरहेको माघी महोत्सवमा सहभागी हुन दाङ आएकी हुन् ।चलचित्र पत्रकार संघ दाङका अध्यक्ष ध्रुबराज न्यौपाने(डिआरएन)को अध्यक्षतामा भएको कायक्रमका सहभागीलाई कोषाध्यक्ष शीब घर्तीले गर्नुुभएको थियो भने सहजीकरण दिपक कुमालले गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।