अनसन बसेका शाहिको अनसन तोडियो

अनसन बसेका शाहिको अनसन तोडियो
कपन अनलाइन, अछाम,२८ मङ्सिर ।
 (एकेन्द्र महता)
आफनो गाउमा निवार्चन क्षेत्र विकासको रकम नपरेको भन्दै ४ दिन देखि अनशन बसेका नेकपा एमाले नाडा गाउ कमिटिका पूर्व अध्यक्ष तेजबहादुर शाहिले सोमबार अनशन तोडेका छन ।
अछाम निर्वाचन क्षेत्र नं २ का संसाद भरत साउद संग अछामका प्रमुख जिल्ला अधिकारी कोषलराज शर्मा तिमिलसैनाले गरेको विषेश परार्मशर पछि अनशन रत शाहिले अछामका स्थानिय विकास अधिकारी तोयानारायण सुवेदिले  जुस खुवाय पछि अनशन तोडेका हनु । आफनो कार्यालयबाट संचालन गरिएको कामको अनुगमन गर्न नाडा पुगेका स्थानिय विकास अधिकारी संग अनसनरत शाहिले आफनो गाउ समाजमा भैरहेको समस्या र बजेटका बारेका जोडदार माग राखेका थिए । करिव चार दिन देखि अनशन रत शाहिले संसद भरत साउद अछामका प्रमुख जिल्ला अधिकारी कोषल राज शर्मा तिमिलसैना , र अछामका स्थानिय विकास अधिकारी संग छलफल भए पछि अनशन तोडिएको बताईएको छ ।
स्थानिय विकास अधिकारद्धारा कम्मल वितरण 
अछाम जिल्लाको दुर्गम तृर्माखाद क्षेत्रमा बसोबास गदै आई रहेका राउटे जातिलाई चिसो बाट बचाउन कम्मल वितरण गरिएको छ । जिल्लाको तृर्माखाद क्षेत्रको कोलिमोरा र जंगलघाट परिफेरिमा बसो बास गरिरहेका राउटेका २८ परिवारलाई चिसोबाट बचाउन १ सय ४९ सेट कम्मल वितरण गरिएको हो ।
अछामका प्रमुख जिल्ला अधिकारी कोषलराज शर्मा तिमिलसेनाको पहलमा यूनिसेफ नेपाल बाट प्रप्त कम्मल राउटे परवारलाई अछामका स्थानिय विकास अधिकारी तोयानारायण सुवेदिले राउटे बास स्थानमै पुगेर कम्ल वितरण गरिएका हुन । लोप अनमुख राउटे जातिका परिवारलाई चिसो बाट बचाउन आफनो पहलमा कम्मल वितरण गरिएको अछामका प्रमुख जिल्ला अधिकारी कोषल राज शार्म तिमिलसैनाले बताउनु भयो ।
तपाइँको प्रतिक्रिया ।