भारतको ठाडो हस्तक्षेप बिरुद्ध एमाले
कपन अनलाइन, २६ मंसिर, काठमाडौं ।
एमाले नेता तथा सांसद डा राजन भट्टराईले भारतले नेपालको आन्तरिक मामिलामा डरलाग्दो हस्तक्षेप गरेको जनाएका छन् । पार्टीको एक कार्यक्रममा भाग लिन कपन आइपुगका नेता भट्टराइले कुनै एक विदेशीले भारतको नागरिकता लिनलाई सात वर्ष कुर्नुपर्ने प्रावधान छ । त्यही नागरिकता कति समयमा पाउने किटानी नभएको अवस्थमा हामीले नेपालमा ७ वर्ष राख्यौं, कुनै एक विदेशी महिलाले भारतीय नागरिकसँग विवाह गरेर ल्याएमा हामीले कानून बनाएर निर्णय गर्ने भनेका छौँ । संसारको कुनै देशले नलगाएको कानुन अंगिकृत नगारिकलाई पनि नेपालको संवैधानिक पद दिनुपर्ने भनेर भारतले वितण्डा मच्चाउँदै गरेको आरोप लगाएका छन् ।
उनले नेपालमा भारतको यो गुण्डागर्दीका लागि नेकपा एमालेले सडकदेखि सदनसम्म विरोध गरिरहेको बताए । पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आफ्नो देशमा लागु गर्न नसकेको कुरा हाम्रो देशमा लागु गर्न भारतले खोज्यो त्यसको हामी सबैले विरोध गरेका हौँ । भाषाको सन्दर्भमा नेपाल भित्र बोलीने १२५ भन्दा धेरै लिखित तथा अलिखित भाषालाई संविधानमा सुरक्षित गरिएको छ भने माध्यम भाषा नेपाली बनाइएको उनले बताएकार्यक्रममा बोल्दै उनले तराईका जिल्लाहरुमासमेत भोजपुरी, मैथली, अवधी भाषा बोलिन्छ । केही व्यक्तिहरुले हिन्दी सिनेमा र विहान उठेर रामदेवको सिको गरेर सिकेका हिन्दी भाषालाई राष्ट्रभाषा बनाउने र पछि त्यसलाई माध्यम भाषा बनाउने भारतको कुटिल कुटनीतिक रहेको हामीले बुझेका छौँ । त्यसैले एमाले यो देशमा रहुन्जेल त्यो पुरा हन दिइदैन । उनले थपे ।
२०७४ माघ सम्ममा ३ वटै निकायका निर्वाचन नगरी सुख छैन भन्दै सांसद समेत रहेका भट्टराइले एमालेको माग पहिला स्थानीय निकाय निर्वाचन गर्नु पर्छ भन्ने हो । यसमा हामी पछि हट्दैनौ त्यसैले नगरपालीकाकै सबै भन्दा ठुलो वडा १२ नम्बरले जे निर्णय र परिस्थिति बनायो त्यही सिको अन्य वडाहरुमा पनि पर्ने हुदा १२ नम्बर वडा एमाले मय बनाउन कुनै कसर बाकी नराख्ने गरि स्थानिय निर्वाचनको तयारी गर्न उनले कार्यकर्ताहरुलाई निर्दैशन दिए ।कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ एमाले संयोजक नवराज भट्टराईले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । सो अवसरमा काठमाडौं जिल्ला कमिटी सदस्य तथा अनेमसंघ केन्द्रिय सदस्य शान्ति अधिकारीले महिला हिंसाको बारेमा बोलेकी थिइन् ।