‘मेरो कृषि उद्यमशीलता कथा’ प्रतियोगिता

‘मेरो कृषि उद्यमशीलता कथा’ प्रतियोगिता

कपन अनलाइन, काठमाडौँ, १६ मङ्सिर ।

चितवनमा आगामी पुस १५ गते युवा कृषि उद्यमीको सुन्ने र सुनाउने ‘मेरो कृषि उद्यमशीलता कथा’ राष्ट्रव्यापी प्रतियोगिता आयोजना हुने भएको छ ।

विदेश पलायन भइरहेका युवाको आत्मविश्वास बढाउने उद्देश्यले सो प्रतियोगिता आयोजना गर्न लागिएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत विद्यार्थीको समूह ‘वाइप्यार्ड नेपाल’ले आयोजन गर्न लागेको उक्त प्रतियोगितामा कृषिसम्बन्धी तीन विधाका लेखलाई समावेश गरिनेभएको छ ।

प्रेरणदायी, नवीन र सामाजिक कृषिसम्बन्धी कथालाई प्रतियोगितामा समावेश गरिने आयोजक संस्थाका संयोजक अनिल बास्तोलाले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । प्रतियोगितामा अहिलेसम्म ५० व्यक्तिले आफ्नो नाम दर्ता गराइसकेका छन् । सहभागी तीन व्यक्तिलाई रु २० हजार र प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरिनेछ । यसअघि सो संस्थाले सन् २०१३ मा पारिवारिक खेती र सन् २०१४ मा किसानका लागि राष्ट्रिय कार्यशालाको आयोजना गरिसकेको छ । रासस

तपाइँको प्रतिक्रिया ।