दोलखामा नौ पालिकामा ७५ वटा वडामा सहमति (कुन गाविस कुन गाउँपालिकामा तालिकासहित)
कपन अनलाइन, दोलखा, २१ कात्तिक ।
दोलखालाई दुई नगरपालिका र सात गाउँपालिका गरी नौ पालिका बनाउने गरी राजनीतिक दलबीच सहमति भएको छ । जिल्लाभरिमा ७५ वटा वडा कायम गरिएको जिविस दोलखाले जनाएको छ ।
यसअघि एक नगरपालिकासहित आठ गाउँपालिका बनाउने निर्णय भए पनि राजनीतिक दलबीच सहमति बन्न नसक्दा अन्त्यमा दुई नगरपालिकासहित सात गाउँपालिकामा आएर सहमति बनेको हो ।शनिबार साँझ बसेकोे बैठकले जिरीलाई नगरपालिका नै कायम गर्दै दुई नगरपालिका र सात गाउँपालिकामा ७५ वटा वडाको टुङ्गो लगाउँदै स्थानीय निकाय पुनःसंरचना आयोगलाई सिफारिस गर्ने सहमति गरेको हो ।
नौ वटा पालिकाभित्र सिमाना, वडा र पालिकाको केन्द ्रसमेत टुङ्गो लागेको भए पनि केहीमा सामान्य विवाद देखिएको छ । यसअघि आयोगले तोकेको सात वटा नगरपालिका तथा गाउँपालिकाको सङ्ख्यामा राजनीतिक दलको सहमति बन्न नसकेपछि जिल्लास्तरीय प्राविधिक सहयोग समितिले सबैको सहमतिमा नौ पालिकाको सिफारिस गरेको थियो ।
कुन पालिकामा कुन कुन गाविस र केन्द्र
मेलुङ गाउँपालिका ः केन्द्र भेड्पु, डाँडाखर्क, मेलुङ, भेड्पु, घ्याङसुकाठोकर, पवटी र शैलुङ गाविस, शैलुङ गाउँपालिका ः केन्द्र फोक्टे, फस्कु, काटाकुटी, मागापौवा, भुसाफेदा र दूधपोखरी गाविस, भीमेश्वर नगरपालिका ः केन्द्र चरीकोट, भीमेश्वर नगरापलिका – बोच, लाँकुरीडाँडा र सुष्पाक्षमावती गाविस, कालिञ्चोक गाउँपालिका ः आहाले केन्द्र – सुन्द्रावती, सुनखानी, बाबरे, कालिञ्चोक, लापिलाङ र लामीडाँडा गाविस, बिगु गाउँपालिका ः केन्द्र चिहानडाँडा – बिगु, आलम्पु, चिलङ्खा, लादुक, बुलुङ, ओराङ, लामाबगर र खोपाचागु गाविस, गौरीशङ्कर गाउँपालिका ः केद्र भोर्ले – गौरीशङ्कर, खारे, मार्बु, चंखु, सुरी, झ्याँकु र जुँगु गाविस, बैतेश्वर गाउँपलिका ः केन्द्र पाडु – क्षेत्रपा, नाम्दु, काब्रे, मिर्गे र गैरीमुदी गाविस, जिरी नगरपालिका ः केन्द्र जिरी – जिरी नगरपालिका र श्यामा गाविस, तामाकोसी गाउँपालिका ः केन्द्र मानेडाँडा – झुले, जफे, मालु, सहरे, च्यामा, हावा र भिरकोट गाविस रहेका छन् । रासस, भक्त केसी श्याम रिपोटर्स