स्थानीय तहको निर्वाचन समयमै

untitled-1

कपन अनलाइन, २० कात्तिक,२०७३

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले समयमै स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।   कञ्चनपुरको भीमदत्तनगरमा काँग्रेस कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन हुने र त्यसका लागि तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए । “निर्वाचन हुन्छ कि नाई भनेर दुविधामा नपर्नुस्,” उनले भने ।

काँग्रेसकै नेतृत्वमा संविधान जारी भएकाले संविधान कार्यान्वयनको जिम्मेवारी पनि काँग्रेसकै काँधमा रहेको लेखकको भनाइ थियो । “संविधानप्रति असन्तुष्ट पक्षलाई सहमतिमा ल्याई कार्यान्वयन गर्ने दायित्व काँग्रेसकै हो,” मन्त्री लेखकले भने। उनले स्थानीय तहको निर्वाचन गराएर काँग्रेसले संविधान कार्यान्वयनलाई गति दिन चाहेको बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।