हात्तीगौडा रक्तसंचार कोषले २५ भदौमा बृहत रक्तदान कार्यक्रम गर्दै
२०४१ सालमा स्थापित ” हात्तिगौडा रक्त सञ्चार कोष ” भदौ २५ गते शनिवारका दिन विशेष रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
रक्तदान कार्यक्रमसहित संस्थाका आजीवन र साधारण सदस्यहरूलाई सदस्यतापत्र बाँड्नेसहितका बिभिन्न कार्यक्रम रहेको संस्थाका अध्यक्ष राजु भण्डारीले बताएका छन् । बुनपा हात्तिगौडास्थित गोल्फुटार पार्टी प्यलेसमा बिहान ०९ बजे देखि दिनको १२ बजेसम्म आयोजना गरिने र कार्यक्रममा १०० जना भन्दाधेरैबाट रक्तदान गर्ने किसिमको तयारी रहेको बताउँदै अध्यक्ष राजु भण्डारीले “रक्त दान” कार्यक्रममा सहभागी हुन समाजका सबैलाई आग्रह गरेका छन् ।
” हात्तिगौडा रक्त सञ्चार कोष ” काठमाडौँको उत्तरी भेकको सक्रिय संस्थाको रुपमा चिनिन्छ । रक्तदान र रक्तदाताको क्षेत्रसहित अन्य सामाजिक क्षेत्रमा पनि संस्था कृयाशील छ ।
तपाइँको प्रतिक्रिया ।