नेका क्षेत्र नं. ४ ले मन्त्री गगन थापालाई बधाई दियो, कार्यक्रम भने नराख्ने !

नेका क्षेत्र नं. ४ ले मन्त्री गगन थापालाई बधाई दियो, कार्यक्रम भने नराख्ने !

0U7A9458

कपन अनलाइन, १५ भदौ, २०७३

नेपाली कांग्रेस क्षेत्र नं. ४ ले आफ्ना सांसद मन्त्री भएकामा वधाई तथा शुभकामना प्रस्ताव पारित गरेको छ । नवनियुक्त स्वास्थ्य मन्त्री गगन थापालाई हिजो बोलाइएको क्षेत्रीय बैठकले बधाई प्रस्ताव पारित गरेको हो । बधाई प्रस्ताव पारित गरे पनि क्षेत्रीय कमिटिले औपचारिक कार्यक्रमचाहिँ नराख्ने क्षेत्रीय सभापति राजु श्रेष्ठले कपन अनलाइनलाई बताए ।

तरुण दल क्षेत्रीय अधिवेशनको पूर्वसन्ध्यामा भएको बैठकले तरुण दलको अधिवेशन भव्य र सभ्य बनाउने निर्णय त गर्यो तर प्रमुख अतिथि भने आफ्नै क्षेत्रका मन्त्री गगन थापालाई नबोलाएर वनमन्त्री शंकर भण्डारीलाई बोलाएको छ । किन यसो गरिएको भन्दा क्षेत्रीय सभापति राजु श्रेष्ठले थोरै समयका लागि मन्त्री भएकाले मन्त्रीज्यूलाई काम गर्नतिर नै ध्यान जाओस् भनेर औपचारिक कार्यक्रममा नबोलाइएको बताए । क्षेत्रीय बैठकले केही अनुशासनका विषयमा निर्णय गरेको सभापति श्रेष्ठले बताएका छन् । तर कसलाई कुन स्तरको अनुशासनको कार्यबाही गर्न लागेको भने उनले खोलेनन् ।

यसैबीच क्षेत्रीय बैठकमा अधिकांश क्षेत्रीय सदस्यहरुलाई नबोलाइएको गुनासो बीच क्षेत्रीय सदस्य श्यामकृष्ण संगतले बैठक बोलाएको पत्तोसम्म नभएको बतााएका छन् । श्यामकृष्ण संगतले तरुण दलको अधिवेशनको प्रकृयामा प्रवृतिगत समस्या देखिएको भन्दै जो आए पनि नेपाली कांग्रेस नै आएकाले व्यक्तिगतरुपमा आफूहरुले कसैको बिरोध नगर्ने बताएका छन् । संगतले प्रवृतिको विरोध हो, प्रवृति चाहिँ डरलाग्दो नै छ भनेका छन् । क्षेत्र नंं ४ तरुण दल अधिवेशनको कुनै पनि सार्वजनिक सूचनासम्म नपाए पनि कार्यक्रमलाई सफल होस् शुभकामना दिए ।

तपाइँको प्रतिक्रिया ।