बिबिधि विवाद र तनावबीच क्षेत्र नं. ४ तरुण दलको आज अधिवेशन

बिबिधि विवाद र तनावबीच क्षेत्र नं. ४ तरुण दलको आज अधिवेशन

14199338_221319148271094_4395743169187480579_n

कपन अनलाइन, १५ भदौ, २०७३

नेपाली कांग्रेसको महत्वपूर्ण तर लामो समयदेखि निस्तेज देखिएको तरुण दल यतिखेर अधिवेशनको प्रकृयामा छ । तरुण दल देशैभरी अधिवेशनको प्रकृयामा रहे पनि काठमाडौं क्षेत्र नं. ४ मा अलि बढि चासो र प्रचारको विषय बनेको छ । यसको कारण हो यस क्षेत्रभित्र मौलाएको नेपाल कांग्रेसको गुटगत राजनीति ।

नेपाली कांग्रेसको गत माघ, फागुनमा भएको इकाई र क्षेत्रको अधिवेशनमा देखाइएको गुटको समस्यालाई क्षेत्रीय समितिले अझै मिलाउन नसक्दा साना साना कुरामा पनि गुटगत राजनीतिको पराकाष्ठा यस क्षेत्रमा सतहमा देख्न पाइन्छ । क्षेत्र नं. ४ र बुनपाको तरुण दल इकाई गठनमा गैर प्रजातान्त्रिक हस्तक्षेपपूर्ण प्रकृया लादिएको भनेर तीव्र आलोचना भएका छन् ।

बुनपा इकाई गठन गर्ने क्रममा खल्तीबाट नाम झिकेर कमजोर अधिवेशन गरियो भन्ने समाचारका बीच आज क्षेत्र नं. ४ को तरुण दल अधिवेशन आयोजना गरिएको छ । आफ्नै क्षेत्रका सांसद स्वास्थ्य मन्त्री भएको अवस्थामा तनहुँ जिल्लाबाट प्रतिनिधित्व गर्ने नवनियुक्त वन मन्त्रीलाई प्रमुख अतिथि बनाइएको कार्यक्रममा पूर्णतः एकपक्षमात्र सम्मिलित हुने बताइएको छ । तरुण दल क्षेत्र नं. ४ को अधिवेशन भव्य र सभ्य बनाउने निर्णय नेका क्षेत्र न ४ ले गरेको छ ।

तपाइँको प्रतिक्रिया ।