साततले-बालुवाखानी खण्डको बाटोका खाल्डाखुल्डी पुरिँदै, आवागमन सहज बन्दै

14202867_10210481010681048_1899895551_o

कपन अनलाइन, १३ भदौ, २०७३

भर्खर स्वास्थ्य मन्त्री भएका नेता गगन थापाले एक हप्ताअघि कपनमा गरेको सार्वजनिक सुनुवाईमा गरेको वचन पुरा गर्दै बुनपा-१२ को साततले-बालुवाखानी खण्डको बाटोको अस्थायी सुधार अन्तिमचरणमा पुगेको छ । थापाकै पहलमा २९ करोड रुपैँयामा विस्तार हुन लागेको सो बाटो यसपालाको वर्षामा नराम्रोसँग बिग्रिएको थियो ।

साततले बालुवाखानी खण्डको बाटो बिग्रएपछि स्थानीयवासीले सास्ती पाएको अवस्थामा गत हप्ता नवनियुक्त स्वास्थ्य मन्त्री गगन थापाले सार्वजनिक सुनुवाई गर्दै बाटो, खानेपानी तथा धोवीखोला कोरीडोरका सम्बन्धित नेतृत्व तहलाई समेत बोलाएर जनतालाई सुसुचित गराएका थिए । सो सार्वजनिक सुनुवाईमा बोल्दै इन्जिनियर धर्मेन्द्र झाले सो बाटो एकहप्तामा आवातजावतमा समस्या नपर्ने वा सहज बनाइने बताएका थिए । झाले भने झैँ एकहप्तमा सो खण्डको आधा बाटोको खाल्डाखुल्डी पुरेर बाटो सहज बनेको छ । स्वास्थ्य मन्त्री गगन थापाको पहलमा काठमाडौँ क्षेत्र नं ४ र बुनपाभित्र २ वर्षमा पुरा हुने गरी २ अर्ब रुपैँयाको बाटोको काम हुन लागेको छ ।

14151957_10210481009441017_1808250936_o 14124174_10210481010201036_1413269463_o 14191661_10210481009481018_244526064_o

 

तपाइँको प्रतिक्रिया ।