सुदुर पश्चिमेली समाज मलेसियाको गौरा पर्व कार्यक्रम भव्यरूपमा सम्पन्न

सुदुर पश्चिमेली समाज मलेसियाको गौरा पर्व कार्यक्रम भव्यरूपमा सम्पन्न

14107637_1793868124183935_3241448163358177180_o

कपन अनलाइन, १४ भदौ, २०७३, दिनेश खड्का खप्तडी/ मलेसिया

सुदुर पश्चिममा विशेषरुपले मनाइने गौरा पर्वको अवसर पारेर सुदुर पश्चिमेली समाज मलेसियाद्बारा आयोजित पहिलो पटक सांस्कृतिक तथा गौरा पर्व- २०७३ आईतबार मलेसियाको प्रमुख सहर क्वालालम्पुरमा भब्यरुपमा सम्पन गरिएको छ ।

सुदुर पश्चिम को “कला संस्कृति भाषा र साहित्यको संरक्षण सम्बर्धन गरौ ” भन्ने मूल नारासहित आयोजित कार्यकमका प्रमुख अतिथि नेपाली राजदुतावास द्वितीय सचिब उत्तम कुमार शाही थिए । कार्यक्रमका  बिशिष्ट अतिथि समाजका सल्लाहाकार तथा समाजसेवी टेकराज धिक्त थिए ।  त्यस्तै अतिथिहरु नेपाली काँग्रेस जन-सम्पर्क समितिका’सभापति चोला कान्त पंगेनी, जन प्रगतिशील मञ्चका अध्यक्ष प्रेम पाण्डे, प्रवासी नेपाली मन्च उपाध्यक्ष तथा आदिवासि जनजाति महासंघका जीवन देवान गाउँले, इलामेली जन सम्पर्क मन्च मलेसियाका अध्यक्ष नरेन्द्र कार्की लगायत विभिन्न संघ सगठनहरुका प्रमुखहरू थिए ।

14125520_1793868130850601_5064219916518101832_o

कार्यक्रममा सुदुर पश्चिमेलीका दाजु भाइ- दिदी बहिनीहरुको बाक्लो उपस्थिति रहेको समाजका सचिव दिनेश ट्रेलरले जानकारी दिए  । दिनेशका अनुसार शुभकामना मन्तब्य राख्दै नेपाली राजदुतावासका मलेसियाका द्वितीय सचिव तथा कार्यक्रम प्रमुख अतिथि उत्तम कुमार शाहीले सुदुरपश्चिमेली समाजले गरेको कार्यको उच्च प्रशंशा गरे ।

यस्ता कार्यमा सबै एकजुट भएर हातमा हात साथमा साथ दिए हरेक क्षेत्रमा सफलता मिल्ने जनाउँदै उनले सामाजिक काममा दुतावासले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । सांकृतिक कार्यक्रममा सुदुरकी चेली रोजी कुवँर ‘लक्ष्मी भट्ट, राज एसकेलगायत कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै गायक राजेश कैदी, महेशराज भट्ट-लक्ष्मी भट्ट लगायतले सुदुर पश्चिममा झल्किने गीत संगीतबाट दर्शकहरुलाई आनन्द दिएका थिए ।

14100486_1793868127517268_4088209688620697298_nउपस्थित सबैले सुदुरको भाकामा देउडा खेल खेली कार्यक्रम अन्तसम्म मनोरन्जन दिएका थिए । उक्त कार्यक्रममा समाजलाई पुर्याएको सहयोगको उच्च सम्मानपत्रसमेत प्रदान गरिएको समाजका संरणक  महेशराज भट्टले बताउनु भयो । समाजका उपाध्यक्ष हिक्मत बमको स्वागतबाट सुरु भएको कार्यक्रमको संञ्चालन गजेन्द्र अवस्थीले गरेका थिए  । कार्यक्रम समाजका अध्यक्ष प्रकाश देब भट्टको अध्यक्षता भएको थियो ।

तपाइँको प्रतिक्रिया ।