अन्तत: गगन थापा स्वास्थ्य मन्त्री बन्ने निश्चित !
कपन अनलाइन, भाद्र ९, २०७३
युवा नेता गगन थापा स्वास्थ्य मन्त्री बन्ने लगभग पक्का भएको छ । थापा शहरी विकास मन्त्री बन्दाबन्दै खोसिएको छ । बस्नयोग्य सहरका बारेमा वकालत गर्दै हिँडेका थापा शहरी विकास मन्त्री बन्नका लागि उनका आफ्नै ससुरा बाधक भएका छन् । पूराना नेता अर्जुननरसिंह केसी बिभिन्न मन्त्रालय माग गर्दै जाँदा ज्वाइँ गगन थापाले मागेको शहरी विकास मन्त्रालयमा अडिए पछि बस्नयोग्य सहरका अभियान्ता स्वास्थ्य मन्त्री बन्न बाध्य भएका हुन् ।
शुरुमा गृह मन्त्रालय मागेको अर्जुनरसिंह केसीले परराष्ट्र, भौतिकयोजनाहँुदै अन्तिममा गगन थापा लगभग मन्त्री हुने निश्चित भएको शहरी विकास मन्त्रालय हत्याएका छन् । काम गरेर देखाउन सक्ने मन्त्रालयको रुपमा गगन थापाका लागि उपयुक्त मानिएको शहरी विकास मन्त्रालयलाई नजिकको नाताकै आधारमा ससुराले हत्याएको आरोप कांग्रेसी वृतले नै लगाएको छ । धेरैले गगन थापालाई उपयुक्त मन्त्रालय भनेर शहरी विकास मन्त्रालय नै हो भनेर सोचेका थिए । आज नेपाली कांग्रेसभित्रको मन्त्रालय भागवण्डामा एकाएक शिक्षाको मन्त्रीको चर्चामा रहेका अर्जुननरसिंह केसीलाई शहरीविकास मन्त्रालय दिइएपछि युवा नेता गगन थापालाई स्वास्थ्य मन्त्रालय दिने निर्णय भएको हो । यद्यपि समस्यै समस्यमा अल्झिरहेको स्वास्थ्य मन्त्रालयमा पनि गगन थापाले काम देखाउने अवसर प्रशस्त रहेको बताइन्छ । थापाको विषय सम्बन्धित नभए पनि पछिल्ला समय देखिएका आवत् स्वास्थ्य सम्बन्धि समस्याप्रति जानकार भने गगन थापा रहेको बताइन्छ । कुनै अर्काे चमत्कारिक परिवर्तन नभए भाद्र १० गते बिहान १० बजे गगन थापाले स्वास्थ्य मन्त्रीको सपथ लिने छन् ।